शरिरमा पानीको मात्रा कम हुँदा पिसावमा सङ्क्रमण देखिन्छ

317

डा सुरेन्द्र विक्रम अधिकारी पानी मानव जिवनमा अत्यावश्यक वस्तु हो । पानी विना हामी बाँच्न सक्दैनौ । शरिरमा पानीको मात्रा कम हुँदा पिसाव पोल्ने समस्या हुन्छ । पछिल्लो समय पिसाव पोल्ने रोगका कारण अस्पताल आउने विरामीको संख्यामा वृद्धि हुँदै गएको छ । मुत्र रक्तश्राव हुने, मुत्रथैलीमा पत्थरी जम्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुइने, मुत्रथैलीले लचकता गुमाएर मुत्र बाहिनी नली तथा मिर्गौला फुले तथा मिर्गौलाको कार्य क्षमता ह्रास भएर आउने, पिसाव पुरा रोकिने र पुरुष क्याथेटर लगाएर मुत्र निकास गर्न बाध्य हुनेलगायतका लक्षण हुने गर्दछन् । मुत्रथैलीमा थुप्रै पिसाब बाँकी रहने, खास गरेर मधुमेह हुने पुरुषले समयमा उपचार नपाए थैलीले आफ्नो लचकता पूरै गुमाउन सक्छ । यस्तो भएमा दुवै मिर्गौला फुल्ने र मिर्गौला फेल हुने हुन्छ । पिसाव पोलेसँगै विरामीलाई ज्वरोको लक्षण देखा पर्छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको प्रमुख लक्षण ज्वरो आउनु पनि एक हो । यसका अलावा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, शरिर कमजोर बनाउने, स्वाद एवम् गन्ध थाहा नहुनु पनि कोरोना संक्रमणका लक्षण हुन् । पिसावको संक्रमणका कारण ज्वरो आउने लक्षण देखिएपनि कतिपय विरामीहरु कोरोना संक्रमणका कारण ज्वरो आएको भन्दै अस्पताल जान मान्दैनन् । ज्वरो के कारणले आएको हो भन्ने बारेमा पहिले त विरामी स्पष्ट हुनु जरुरी छ । पिसाव संक्रमणका कारण ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई भने पोष्टेट ग्रन्थी बढेर समस्या देखिने गरेको पाईन्छ । उमेरअनुसार पुरुषमा पोस्टेट ग्रन्थी बढ्दै जाने भएकाले पसाव फेर्न समस्या हुने गरेको पाईन्छ । पोस्टेट ग्रन्थी बढ्न नदिन प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । पिसाव संक्रमणको समस्या हुन नदिन २४ घण्टामा दुई लिटर पिसाव आउने गरी पानी पिउनुपर्ने हुन्छ । यस्तै, शरिरमा पानीको मात्रा कम हुँदा शरिरमा पत्थरी हुने सम्भावना रहन्छ । पानीको मात्रा कम हुँदा युरिक एसिडसमेत हुन्छ ।

किड्नीबाट ढुङ्गा बनेर पत्थरी हुने गर्दछ । पत्थरी भएका व्यक्तिको शरिरमा रहेको ढुङ्गा निकाल्न अहिले नयाँ किसिमको सर्जरीको व्यवस्था गरिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अहिले रेष्ट्रो ग्रेड इन्टारेनल सर्जरीमार्फत विरामीको पेटमा भएको ढुङ्गा निकाल्दै आएको छ । उक्त सर्जरी विरामीलाई घाउ नबानाई गर्ने प्रक्रिया हो । उक्त सर्जरी रेजरको माध्यामबाट गरिन्छ । पिसावसम्बन्धि रोग ज्यादै कडा रोग हो । प्रोस्टेट वा पिसाव सम्बन्धी रोगका विरामी मुत्र लक्षणबाट मुक्त हुनका लागि पीडित पुरुषले चिकित्सककहाँ जानुपर्छ । मुत्र रोगले धेरै च्याप्दै गयो भने भयानक दुःख दिने गर्दछ । यसबाट मुक्ति पाउनका लागि रोग लुकाएर बस्ने होइन समयमा नै चेकजाँच गर्नुपर्छ । मुत्ररोग विशेषज्ञ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी