आजको राशिफल , मिति २०७८/०३/२२ गते मङ्गलबार । तपाईंको दिन शुभ रहोस् ।

388

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आषाढ २२ गते मङ्गलबार। सन् २०२१ जुलाई ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४३। आषाढ कृष्णपक्ष द्वादशी तिथि। कृतिका नक्षत्र। गद योग। काैलब करण । वृष राशीमा चन्द्रमा।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
आजको दिन त्यति राम्रो छैन।स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने सम्भावना छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यवसायमा अपेक्षाकृत फाइदा नहुने देखिन्छ। खानपिनमा विशेष सतर्कता अपनाउनु पर्ने रहेको छ। अध्ययनमा मन जाने छैन तर मध्यान्हपछि क्रमशः सुधार हुँदै जानेछ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
आशा मारेको धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
उपलब्धिमुलक यात्रा हुने दिन रहेकोेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आज रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार उत्पन्न हुन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज रमाइलो धार्मिक यात्रा हुने दिन रहेकोछ । पराक्रम बढने छ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।