पाल्पा काँग्रेसको वागडोेर सम्हाल्ने युवानेता श्रेष्ठको इच्छा

585

तानसेन ।

आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा पाल्पा जिल्लाको सभापति पदका लागि युवानेता एवम् महासमिति सदस्य हिमालदत्त श्रेष्ठको नाम चर्चामा आएको छ । श्रेष्ठ १३ वर्षको उमेर देखि नेपाली काँग्रेसको राजनितिमा आबद्ध भएका थिए । ठककुरचन्द्र विप्र र गम्भिरजन्ग कार्की जिल्ला सभापति हुँदा उनको घरमा नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालय थियो । त्यसबेला उनले राजनितिलाई नजिक बाट नियाल्ने र स्थानीयहरुसँग घुलमिल हुन पाएका हुन् । उनको निवास ग्रामिण भेग वा नगर भेगका कार्यकर्ताको सेण्टर स्थानमा थियो ।

उनी माध्यमिक स्कुल देखिनै विद्यार्थी राजनितीमा सक्रिय थिए । उनी नेविसंघ त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाको इकाइ सदस्य हँदै सभापति भएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचित सदस्य हुँदै उपसभापति र सभापति भएका हुन् । श्रेष्ठले नेपाली काँग्रेस विभाजित हुँदा विभाजित समुह अखिलसँग मिल्दा पनि नेविसंघको सम्पूर्ण प्यानललाई विजयी बनाउन सफल भएका थिए ।

नेविसंघको चितवनमा सम्पन्न महाधिवेशनमा पश्चिमान्चल क्षेत्रदेखि सर्वोत्कृष्ट मत लिएर केन्द्रिय सदस्यमा निर्वाचित भएका श्रेष्ठको २०६२,०६३ को आन्दोलनमा अतुलनिय योगदान रहेको थियो । नेपाली काँग्रेसको १२ औ महाधिवेशनमा जिल्ला कार्य समिति सदस्यमा प्रथम स्थानमा निर्वाचित भएका श्रेष्ठ १३ औँ महाधिवेशनमा हरि नेपाल र बिरबहादुर रानाको संयुक्त प्यानललाई चुनौति दिदै केन्द्रिय सदस्य राजन पन्तको समुहदेखि एक्लै महासमिति सदस्यमा निर्वाचित भएका हुन् । हिमाल दत्त श्रेष्ठ युवा विद्यार्थी तथा वृद्धहरुका प्रीय भएको हुनाले नेपाली काँग्रेसको संस्थापन इतर समुहले नेविसंघको महामन्त्रिको उम्मेद्वार बनायो तर आन्तरिक व्यवस्थापनमा कमजोरी र कृष्ण सिटौला समुह संस्थापन समुहसँग मिल्दा मात्र १६ मतले पराजित भए पनि नेविसंघको संगठन सुदृढिकरणमा सक्रिय रहे ।

गत स्थानीय निर्वाचनमा तानसेन नगरपालीकाको मेयरमा नेपाली काँग्रेसको २३०० मतान्तर रहेको थियो तर मेयरका प्रत्यासि श्रेष्ठ उम्मेद्वार भएको भए यस्तो अन्तर नपर्ने स्थानीय कार्यकर्ताहरु बताएका छन् । उनी तानसेनलाई पश्चिमान्चल क्षेत्रको शिक्षाको केन्द्र बनाउने र सरकारी स्कुल कलेजको स्तरोन्नतिमा ध्यान दिन्छन् ।
उनी निजी स्कुल र निजी कलेज भन्दा सस्तो र सुलभ मुल्यको सरकारी स्कुल कलेजलाई उत्कृष्ट बनाउन लाग्छन् । अहिले उनी अमेरिकामा रहेपनि नेपाली काँग्रेसको संगठन निर्माण र एनआरएनको निर्वाचनमा लोकततान्त्रिक समुहलाई जिताउन लागेका थिए ।

उनी हवाई अवरुद्धले उहाँ रहेकाले अब केही समयमा स्वदेश फर्केर नेपाली काँग्रेस पाल्पाको सभापति बनेर संगठन निर्माण मजबुत बनाउने बताएका छन् ।