१ लाख ७४ हजारको चेक हस्तान्तरण गरि हरिहरका विद्यालय कर्मचारी गौतमलाई विदाई

639

घनश्याम पौडेल
अर्घाखाँची, २७ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको गाउँ कार्यपालिका बाट मिति २०७७/१०/२१ गते शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकाश) कोष स्थापना तथा संचालन कार्यविधि २०७७ बमोजिम यस गाउँपालिकामा रहेको हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय पाणिनी २ पोखराथोकका एक शिक्षकलाई विदाई गरिएको छ ।

उर्जाशिल जिवन विद्यालयमा समर्पित गरि नेपाल सरकारबाट उपदान वा निवृत्तिभरण नपाउने गरी विद्यालयमा सेवा गरि आज अवकाश हुनु भएका विद्यालय कर्मचारी लोकहरी गौतम (सान्दाई) लाई पाणिनी गाउँपालिकाले आज मिति २०७८/३/२७ गते पाणिनी गाउँ कार्यपालिकाको कार्यलयमा टिका खादा र १ लाख ७४ हजार ८ सय ५७ रुपैयाको चेक हस्तान्तरण गरि विदाई गरेको छ ।

सोही कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, वडा अध्यक्ष र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गौतमले जिवन भर न्युनतम वेतनमा सेवा गरेका तर घर जादा खाली हात फिर्ता हुनुपर्ने अवस्थालाई ध्यानमा राखी यस्ता शिक्षक कर्मचारीहरुलाई सामाजिक र आर्थिक रुममा सुरक्षा गर्नुपर्ने दायित्व नेपाल सरकार र संघीय सरकारले नलिने भएकाले यसको स’रुवात गाउँ पालिकाले गरेको बताए ।

गाउँपालिकाले कार्यविधि निर्माण गरेर देशमा नै नमुनाको रुपमा शिक्षक र विद्यालय कर्मचारी सहयोग ९ उपचार तथा अवकाश ० कोष स्थापना गरी सम्मान गरेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले गाउँपालिका भित्र अनवरत रुपमा शिक्षाको क्षेत्रमा योगदान दिने विद्यालय कर्मचारी तथा शिक्षकहरुलाई गाउँपालिकाले कार्यविधि बनाएर सम्मान गरेको यो पहिलो पटक भएको बताए ।

स्थायी र अस्थायी रुपमा सेवा गरि सेवा अवकास हुदा रित्तो हात घर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै विद्यालयमा काम गर्ने अन्य शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई समेत उर्जा मिल्ने घिमिरेले बताए । गौतमको सेवा अवधि ३४ वर्ष ११ मिहिना २३ दिन रहेको थियो ।