माओवादीले जितेको बारपाक सुलिकोटमा भ्रष्टचार : चार जनाविरुद्ध अख्तियारमा उजुरी

307

काठमाडौँ, २८ असार । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ, लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

आपसी मिलेमतोमा सो गाउँपालिका ७ को झाक्रीचोक, धारापानी, देउराली, बहाँकोट सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी नाप गरेर बिलभरपाई पास गरी रकम भुक्तानी गरेको दायर गरिएको उजुरी पत्रमा उल्लेख छ ।

उनीहरु चार जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको अख्तियारले पुष्टि गर्दै उनीहरुलाई बिगो तीनलाख ६८ हजार चारसय २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९३० बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी गरी मुद्धा दायर गरिएको छ । केही दिन पहिले उक्त गाउँपालिकालाई गोरखाको उत्कृष्ट गाउँपालिका घोषणा गरिएको थियो ।