स्व. मानकुमारी पौडेलको सम्झनामा पालीमा काँग्रेसद्धारा श्रद्धान्जली सभा सम्पन्न

719

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ११ मंसिर । नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधी विमलराज पौडेल र राधा पौडेल, धनिश्वर पौडेल, काँग्रेसका क्रियाशिल सदस्य मित्रलाल पौडेलको ममतामहि माता तथा तरुण दल पालीका अध्यक्ष श्रीधर पौडेलको हजुरआमा मानकुमारी पौडेलको नवौ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा काँग्रेस पालीले सम्पन्न गरेको छ ।

श्रद्धान्जली सभामा काँग्रेसमा जिल्ला सभापति विष्णु मुस्कान, उपसभापति शान्ता भण्डारी, शिक्षक संघका राजेन्द्र पौडेल, महिला नेतृ मधु पन्त लगाएतले स्व. मानकुमारी पौडेलले काँग्रेस पार्टीका लागी पुर्याउँनुभएको योग्दानको उच्च कदर गर्ने बताएका थिइ । कार्यक्रममा संगठन विभागका सदस्य कृष्ण पौडेल, छत्रदेव ६ ठुलापोखराका वडा अध्यक्ष कमल पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

श्रद्धान्जली सभा काँग्रेस पाणिनी ८ पालीका सभापति यज्ञ पौडेलको सभापतित्व, सचिव देविप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । स्व. मानकुमारी पौडेलको ३ गते उहाँको मृत्यु भएको थियो । उहाँका्े दाहसंस्कार रिडीमा गरिएको थियो ।