देउवा नेतृत्वमा सरकारमा जाने काँग्रेसका सम्भावित मन्त्री

605

काठमाडौं, २९ असार । सर्वोच्च अदालतको परमादेश बमोजिम आज मङ्गलवार प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् ।

सर्वोच्चले दिएको समय अनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउने तयारी छ । प्राप्त जानकारी अनुसार देउवाले पहिलो चरणमा मन्त्रीमा कस कसलाई लिएर जाने भन्नेबारे पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, सुजाता कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, डा मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, मोहन आचार्य, डा नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डा डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने देउवाको तयारी छ ।