पाणिनी गाउँपालिकामा तरुण दलको भेला, वडा समिती गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

861

शिवलाल पौडेल
अर्घाखाँची, ३१ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा नेपाल तरुण दलको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा युवाहरुको नेतृत्व आउँनुपर्ने बताए । अध्यक्ष खड्काले वडा, पालिका हुदैँ जिल्लासम्म युवाको नेतृत्व आवश्यक भएकाले वडाबाटै पार्टीको संगठनमा लाग्न तरुण युवाहरुलाई निर्देशन गरेका छन् ।

No description available.

कार्यक्रममा नेपाल तरुण दलका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सदस्य पिताम्बर खनालले प्रशिक्षण मुलक मन्तव्य राख्दैँ युवाहरुमा व्यक्तीत्व विकास हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष घनश्याम पौडेल, सन्धिखर्क नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र भुसाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरेको पनि उपस्थिती रहेको थियो ।

No description available.

सोही कार्यक्रमको अबसरमा पाणिनी गाउँपालिका वडा नं. ४ पटौटी तरुण दलको संयोजकमा नारायण न्यौपाने र सहसंयोजकमा दुर्गा अधिकारी, सुरज थापा क्षेत्री र लेखनाथ गैरेलाई चयन गरिएको छ । त्यस्तै वडा नं. ७ अडगुरीको अध्यक्षमा कमल घर्तीलाई जिम्मेवारी दिईएको छ ।

No description available.

वडा नं. १ पणेनामा नवराज पोख्रेल, वडा नं. ३ खिदिममा हरि बन्जाडे, वडा नं. ६ धातिवाङ्गमा रमेश पौडेल, वडा नं. ८ पालीमा मेगराज पाण्डेलाई नै यथावत जिम्मेवारीमा राखिएको तरुण दलका जिल्ला सचिव अर्जुन पोख्रेलले बताए । वडा नं. २ पोखरथोक र वडा नं. ५ मैदानमा तरुण दलको समिती गठन हुन बाकी रहेको छ । तरुण दलले पाणिनी गाउँपालिकास्तरिय समिती साउन ९ गते चयन गर्ने जिल्ला अध्यक्ष खड्काले बताए ।

No description available.

कार्यक्रम नेपाल तरुण दल पाणिनी गाउँपालिकाका सहसंयोजक मोहन टण्डनको अध्यक्षता, तरुण दलका जिल्ला सचिव अर्जुन पोख्रेलको सञ्चालन र तरुण दल पाणिनीका सहसंयोजक खगेश्वर पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

No description available.No description available.