नेपाली काँग्रेस अर्घाखाँची निकट काठमाडौँका शुभेच्छुक र भ्रातृसंस्थाहरु विवादीत र अलपत्र

647

केशव खड्का ।
लामो समय देखि नेपाली काँग्रेस अर्घाखाँचीलाई हरेक अवस्थामा सहयोग र साथ दिदै आएका नेपाली काँग्रेसप्रति आस्थावान् गर्ने अर्घाखाँची बासि हाल काठमाडौँ रहेर व्यापार व्यवसाय, जागिरमा रहेकाहरुलाई गोलबन्द उद्देश्यले स्थापना भएका शुभेच्छुक संस्था अर्घाखाँची काठमाडौँ सम्पर्क सदन अनि भ्रातृसंस्था नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समिति कुनै नयाँ समिति बन्न नसकेर अलपत्र त कुनै समानान्तर समिति कुनैमा कार्यवाहक अध्यक्षको विषयले विवादीत अवस्थामा छन् ।

शुभेच्छुक संस्था अर्घाखाँची काठमाडौैँ सम्पर्क सदन उद्घाटन भएर पनि बन्द सत्रदेखि नयाँ समिति निर्वाचित गर्न नसकेर समिति रहित भ्याकुममा रहेको छ । विगत तिन वर्षदेखि उक्त शुभेच्छुक संस्थामा रहेको विवाद निरुपण गरि पुनः सक्रिय बनायन कसैले पहल गरेका छैनन् । उक्तm सदनको स्थापना २०४१ सालमा गरिएको थियो । उक्त समितिका संस्थापक अध्यक्ष प्राडा होमनाथ भट्टराई हुन् । र्२०६४ सालमा दोश्रो अधिवेशन गरि प्राडा माधवराज गौतम अध्यक्ष र अधिवक्ता धर्मराज खनाल सचिव हुनुभएको थियो । यो सदन लोकतान्त्रिक संस्था हो । यसको नयाँ समिति पनि लोकतान्त्रिक विधी अनुसार सबैसँगको परामर्श पछि नयाँ समिति बनाउने र यो सदन लोकतन्त्र अपहरण भएको समयमा पन्चायति कालरात्रीमा लोकतन्त्र स्थापना गर्ने उद्देश्यले सबै लोकतन्त्रपे्रमि अर्घाखाँचीबासिलाई समेटेर स्थापना गरेर बनाइएको हो ।
भ्रातृसंस्था नेविसंघ अर्घाखाँची काठमाडौँ सम्पर्क समिति दुई समानान्तर समितिमा विभाजित छ । एउटा समितिको नेतृत्व राजेन्द्र पाण्डे र अर्को सतिश भुषलले गरेका छन् । सम्पर्क समिति पुरानो नेतृत्वका अध्यक्ष भानु आचार्य हाल अमेरिका छन् र तत्कालीन सचिव लक्ष्मण पन्थि लगायत कमल टण्डन, इन्द्र खनाल, सुरेन्द्र भट्टराई काठमाडौँमै छन् , उत्तः समितिले गरेको कार्य प्रगति आय व्यय प्रस्तुत गरि नेविसंघ अर्घाखाँची काठमाडौँ सम्पर्क समितिको विवाद गर्नु जरुरी छ ।
नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समितिमा पनि नयाँ विवाद देखिएको छ । अध्यक्ष अर्जुन पोख्रेल जिल्ला सचिवमा मनोनित भएपछि कार्यवाहक अध्यक्षमा विकास खनाललाई जिम्मेवारी दिएपछि वरिष्ठ उपाध्यक्ष विपीन अनुरागि पौडेल , पाणिनी सम्पर्क समिति अध्यक्ष प्रकाश घिमीरे लगायतले असन्तुष्ट व्यक्त गरेका छन् । पौडेल अध्यक्ष पछि दोश्रो मर्यादा रहेकोले आफु कार्यवाहक हुनुपर्ने दाबि गरेका छन् र उनले तेश्रो मर्यादा क्रममा रहेको व्यक्तिलाई आफुखुसि मनोनित गर्नु विधी विधान विपरित र तरुणहरुमाथीको अन्तर्घात भएको बताउँछन् ।
नेपाली काँग्रेसको इतिहासमा काठमाडौँ सम्पर्क समितिको नाममा पहिलो शुभेच्छुक संस्था स्थापना गर्ने श्रेय अर्घाखाँचीलाई जान्छ । किनकी देशभरिको अन्य जिल्लामा कतै स्थापना नहुँदा अर्घाखाँची बासी लोकतन्त्रप्रेमीले २०४१ सालमा अर्घाखाँची बासी लोकतन्त्रप्रेमीहरुलाई गोलबन्ध गरी प्रजातन्त्र स्थापनामा सहयोग पुर्याउनुका साथै २०४६को जनआन्दोलनमा विशेष भुमिका खेलेको थियो । नेविसंघ अर्घाखाँची काठमाडौँ सम्पर्क समिति पनि २०४४ र नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समिति २०७४ सालमा देशकै पहिलो सम्पर्क समितिका रुपमा स्थापना भएका हुन् ।
यसरी लोकतन्त्र स्थापना गर्न तथा लोकतन्त्रलाई दिगो राख्न अहम भुमिका खेलेका यि संस्थाको गरिमालाई दिगो राख्न समयमानै यि समितिहरुलाई विवाद निरुपण गर्न जरुरी छ ।