आजको राशिफल , मिति २०७८/ ०४ / ०३ गते आइतबार । तपाईंको दिन शुभ रहोस् ।

354

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण ०३ गते आइतबार । सन् २०२१ जुलाई १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। आषाढ शुक्लपक्ष नवमी तिथि। स्वाती नक्षत्र। लुम्ब योग। बालब करण । तुला राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय दिए अनुसार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईंका प्रतिष्पर्धिहरु पनि सहयोगी बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । पुराना साथीभाइसगको भेटले मन प्रफुल्लित बन्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा समस्या आउन सक्छ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लेखन कला तथा साहित्यको क्षेत्रमा नाम तथा दाम दुवै कमाउन सकिएला । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ तर आर्थिक कारोवार गर्दा फाइदा नहुन सक्छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाइने छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको गरिने यात्रा लाभदायक हुनेछ । पति पत्नीबीच सुमधुर सम्बन्ध रहने देखिन्छ । तरपनि बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।