नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित

314

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउँने भएका छन् । प्रतिनिधीसभाको पहिलो बैठकमा नै देउँवाले विश्वासको मत लिन लागेका हुन ।

प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने भएसँगै देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो ।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको मत आवश्यक पर्दछ । देउवालाई कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुगेको छ ।

त्यसबाहेक राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिदैछन् । यसरी देउवाको पक्षमा नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित भएको छ । माधव नेपाल पक्षका २३ सासंदले मत दिएमा देउँवाको पक्षमा १६६ मत आउँनेछ ।