प्रतिपक्षमा बसेर देउवालाई जनमोर्चाले सहयोग गर्छ : सांसद पौडेल

180

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देउवालाई विश्वासको मत दिएपछि पार्टी सरकारमा भने सहभागी नहुने बताइन् ।
उनले जनमोर्चाले प्रतिपक्षमा बसेरै देउवालाई रचनात्मक सहयोग गर्ने बताइन् ।

उनले गठबन्धनको आवश्यकता अझै पनि रहेको भन्दै थप योजनासहित अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।