गुरुगीताको नेपाली अर्थ

591

ब्रह्मचारी हंस चैतन्य । 

।। ॐ नम: शिवाय ।।
।।श्रीगणेशाय नम: ।।
।।श्रीसरस्वत्यै नम: ।।
।।श्रीगुरुचरणकमलेभ्याे नम: ।।
।।अथ श्रीगुरुगीता।।
।।प्रथमाे$ध्याय: ।।
अव्यक्ताव्यक्तरूपाय निर्गुणाय गुणात्मने ।
समस्तजगदाधारमूर्तये ब्रह्मणे नम:।।१ ।।
अचिन्त्य , अव्यक्त , तीन गुणहरूबाट रहित ,त्रिगुणात्मक र समस्त जगतका अधिष्ठानरूप ब्रह्मलाई नमस्कार छ ।।१ ।।
ऋषय ऊचु:
सुत सुत महाप्राज्ञ निगमागमपारग ।
गुरुस्वरूपमस्माकं ब्रूहि सर्वमलापहम् ।।२ ।।
ऋषिहरूले भन्नुभयाे – हे महाज्ञानी , वेदवेदाङ्गकाे गूढार्थ जान्नुभएका सूतज्यू हजुरले हामीहरूलाई समस्त पापराशि हटाउने गुरुतत्त्वकाे उपदेश गर्नुहाेस् ।।२ ।।
यस्य श्रवणमात्रेण देही दु:खाद्विमुच्यते ।
येन मार्गेण मुनय: सर्वज्ञत्वं प्रपेदिरे ।।३ ।।
जसकाे महिमा सुनेरमात्र पनि मानिस दु: खबाट मुक्त हुन्छ ।जुनमार्गकाे आश्रय पाएर मुनिहरू सर्वज्ञ बने ।।३ ।।
यत्प्राप्य न पुनर्याति नर: संसारबन्धनम् ।
तथाविधं परं तत्त्वं वक्तव्यमधुना त्वया ।।४ ।।
जसलाई पाएपछि फेरि संसाररूपी बन्धनमा बाँधिनु पर्दैन त्यस्ताे परमतत्त्व गुरुतत्त्वका विषयमा अहिले हजुरले प्रकाश पार्नुहाेस् ।।४ ।।
गुह्याद गुह्यतरं सारं गुरुगीता विशेषतः।
त्वत्प्रसादाच्च श्राेतव्या तत्सर्वं ब्रूहि सुत नः।।५।।
अत्यन्त गाेप्य, सारवस्तु गुरुगीता विशेष प्रकारले हजुरका
कृपाप्रसाद बाट सुन्न चाहन्छौँ । हे सुतदेव ! हामीहरूलाई गुरुगीता सुनाउनुहोस् ।।५।।
इति सम्प्रार्थितः सूतो मुनिसंघैर्मुहुर्मुहुः ।
कुुतुहलेन महता प्रोवाच मधुरं वचः।।६।।
यसरी मुनिगणद्वारा जिज्ञासाले बारम्बार प्रार्थना गरिएका र
उच्च आसनमा राखिएका सुतदेवले सुमधुर वाणीमा भन्नुभयो।।६।।
सूत उवाच
श्रृणुध्वं मुनय: सर्वे श्रद्धया परया मुदा ।
वदामि भवराेगघ्नीं गीतां मातृस्वरूपिणीम् ।।७ ।।
सूतजीले भन्नुभयो- हे मुनीश्वर हो ! संसाररूपी रोगको
नाश गर्ने, आमाले जस्तो वात्सल्य प्रदान गर्ने गुरुगीताका विषयम म केही प्रकाश पार्दछु ।तपाईँहरू श्रद्धाले झुकेर खुसी मनले सुन्नुहोस् ।।७।।
पुरा कैलासशिखरे सिद्धगन्धर्वसेविते ।
तत्र कल्पलतापुष्पमन्दिरे$त्यन्तसुन्दरे ।।८ ।।
व्याघ्राजिने समासीनं शुकादिमुनिवन्दितम् ।
बाेधयन्तं परं तत्त्वं मध्येमुनिगणं क्वचित् ।।९ ।।
प्रणम्रवदना शश्वन्नमस्कुर्वन्तमादरात् ।
दृष्ट्वा विस्मयमापन्ना पार्वती परिपृच्छति ।।१० ।।
प्राचीनकालमा सिद्ध र गन्धर्वहरूले सेवा गरेको कैलाश
पर्वतको शिखरमा कल्पवृक्षका फूलहरू र अनेक किसिमका लहराहरूले बनेको दिव्य मन्दिरमा बाघको
छालामाथि बस्नुभएका शुकादि मुनिहरूद्वारा वन्दना गरिनुभएका बीचमा कुनै मुनिगणलाई बारम्बार नमस्कार गरेको देखेर आश्चर्यचकित भएर जगदम्बा पार्वतीले सोध्नुभयो ।८-।१० ।।
पार्वत्युवाच
नमाे$स्तु देवदेवेश ! परात्पर जगद्गुराे ! ।
त्वां नमस्कुर्वते भक्त्या सुरासुरनरा: सदा ।।११ ।।
पार्वतीले भन्नुभयो – देवताहरूका देवता देवाधिदेव श्रेष्ठमध्ये पनि श्रेष्ठ, हे जगदगुरु ! हजुरलाई प्रणाम छ ।
देवता दानव मानिसहरू हजुरलाई सधैँ भक्तिपूर्वक प्रणाम गर्दछन् ।।११ ।।
विधिविष्णुमहेन्द्राद्यैर्वन्द्य: खलु सदा भवान् ।
नमस्कराेषि कस्मै त्वं नमस्काराश्रय: खिल ।।१२ ।।
हजुर ब्रह्मा विष्णु इन्द्रादि देवताहरूद्वारा वन्दना गर्न योग्य हुनुहुन्छ ।वास्तविक रूपमा नमस्कारको आश्रयरूप भएर अर्थात् सबैले हजुरलाई नमस्कार गरिरहँदा हजुरले कस्लाई नमस्कार गर्नुहुन्छ ? ।।१२ ।।
भगवन् सर्वधर्मज्ञ व्रतानां व्रतनायकम् ।
ब्रूहि मे कृपया शम्भाे गुरुमाहात्म्यमुत्तमम् ।।१३ ।।
हे भगवान् । सबै धर्मका विशेषज्ञ ! व्रतहरूको उत्तम व्रत , उत्तम गुरुमाहात्म्य कृपा गरेर मलाई भन्नुहोस् ।।१३।।
इति सम्प्रार्थित: शश्वन्महादेवाे महेश्वर: ।
आनन्दभरिते स्वान्ते पार्वतीमिदमब्रवीत् ।।१४ ।।
यसप्रकार पार्वती देवीद्वारा सत्य प्रार्थना गरिएका देवाधिदेव श्री महेश्वर भित्रबाट आनन्दले भरिएर पार्वतीलाई यस्तो भन्नुभयो ।।१४ ।।
श्रीमहादेव उवाच
न वक्तव्यमिदं देवि रहस्यातिरहस्यकम् ।
न कस्यापि पुरा प्राेक्तं त्वद्भक्त्यर्थं वदामि ते ।।१५ ।।
श्रीमहादेवले भन्नुभयो – हे देवि । रहस्यै रहस्यले भरिएको यो गुरुगीता वक्तव्यवाजी गर्नुहुँदैन ।पहिला मैले कसैलाई पनि भनिनँ ।तिम्रो भक्तिको सम्मानका लागि अब त्यो रहस्य खोल्दछु ।।१५ ।।
ममरूपासि देवि त्वमतस्तत्कथयामि ते ।
लाेकाेपकारक: प्रश्नाे न केनापि कृत: पूरा ।।१६ ।।
हे देवि । तिमी मेरै स्वरूप हौ ,त्यसो भएकाे हुनाले त्यो तिमीलाई भन्दछु । जगतको उपकार गर्ने प्रश्न पहिला कसैले गरेको थिएन ।।१६ ।।
यस्य देवे पराभक्तिर्यथा देवे तथा गुराै ।
तस्यैते कथिता: ह्यर्था: प्रकाशन्ते महात्मन: ।।१७ ।।
जसको ईश्वरमा उत्तमभक्ति पराभक्ति हुन्छ , त्यस्तै देवता तथा गुरुमा उच्चकाेटिकाे भक्ति हुन्छ ।त्यस्ता साधक, जिज्ञासु, मुमुक्षुहरूलाई यी रहस्यमय अर्थ तत्वदर्शी महात्माहरूबाट प्रकाशित हुन्छन् ।।१७ ।।
याे गुरु: स शिव: प्राेक्ताे य: शिव: स : गुरुस्मृत: ।
विकल्पं यस्तु कुर्वीत स नराे गुरुतल्पग: ।।१८ ।।
जो गुरु हुनुहुन्छ, उहाँ नै शिव हुनुहुन्छ र जो शिव हुनुहुन्छ उहाँ नै गुरु हुनुहुन्छ ।। जसले गुरु र शिवमा भेदबुद्धि गर्दछ त्याे गुरुपत्नी गमन गरे समान पापको भागीदार हुन्छ ।।१८ ।।
वेदशास्त्रपुराणानि चेतिहासादिकानि च ।
मन्त्रयन्त्रविद्यादीनि माेहनाेच्चाटनादिकम् ।।१९ ।।
शैवशाक्तागमादीनि ह्यन्ये च बहवाे मता: ।
अपभ्रंशा: समस्तानां जीवानां भ्रान्तचेतसाम् ।।२० ।।
जपस्तपाेव्रतं तीर्थं यज्ञाे दानं तथैव च ।
गुरुतत्त्वमविज्ञाय सर्वं व्यर्थं भवेत्प्रिये ।।२१ ।।
हे प्रिये ! वेद शास्त्र पुराण इतिहास आदि तन्त्र , मन्त्र , यन्त्र , मारण, मोहन, वशीकरण, स्तम्भन, उच्चाटन आदि विद्या , शैव , शाक्त, आगम र अन्य धेरै मतमतान्तर, पन्थ , सम्प्रदाय वादहरू शुद्ध चैतन्यबाट जीवभावमा खसेका चित्त भड्केका जीवात्माहरूका लागि हुन् ।व्रत, तीर्थ, यज्ञ, दान- प्रदान पनि गुरुत्व नजाने सबै निष्फल हुन्छन् ।।२१ ।।
गुरुबुद्ध्यात्मनाे नान्यत् सत्यं सत्यं वरानने ।
तल्लाभार्थं प्रयत्नस्तु कर्तव्यश्च मनीषिभि: ।।२२ ।।
हे सुमुखि ! आत्मामा गुरु बुद्धि गर्नु सिवाय अरू कुनै सत्य छैन । यो सत्य हो । त्यसो भएकाे हुनालेआत्मज्ञान प्राप्त गर्न बुद्धिमानहरूले निरन्तर प्रयास गर्नुपर्दछ ।।२२ ।।
गूढाविद्या जगन्माया देहश्चाज्ञानसम्भव: ।
विज्ञानं यत्प्रसादेन गुरुशब्देन गम्यते ।।२३ ।।
जगत गूढ अविद्यात्मक मायारूप छ र शरीर अज्ञानबाट उत्पन्न भएको छ ।जसका कृपा प्रसादबाट अनुभवरूप ज्ञान हुन्छ, त्यो अनुभवरूप ज्ञानलाई गुरु भनिन्छ ।।२३ ।।
देही ब्रह्मभवेद्यस्मात् त्वत्कृपार्थं वदामि तत् ।
सर्वपापविशुद्धात्मा श्रीगुराे : पादसेवनात् ।।२४ ।।
जसका कृपा प्रसादबाट मानिस ब्रह्म बन्दछन् ।त्यो रहस्य तिमीलाई कृपा गर्नका लागि भन्दछु ।श्रीगुरुदेवका पाउसेवा बाट शिष्य , जिज्ञासुका सबै पाप पखालिन्छन् र ब्रह्ममय बन्दछन् ।।२४ ।।
शाेषणं पापपङ्कस्य दीपनं ज्ञानतेजस: ।
गुराे: पादाेदकं सम्यक् संसारार्णवतारकम् ।।२५ ।।
श्रीगुरुदेवको चरणामृत पापरूपी हिलोलाई सुकाइदिन्छ, ज्ञानरूपी तेजबाट प्रकाशित गर्दछ र संसाररूपी समुद्रबाट सजिलै तारिदिन्छ ।।२५ ।।
अज्ञानमूलहरणं जन्मकर्मनिवारणम् ।
ज्ञानवैराग्यसिद्ध्यर्थं गुरुपादाेदकं पिबेत् ।।२६ ।।
अज्ञानको जरो उखेल्ने, अनेक जन्महरूका कारक कर्महरूको निवारण गर्न तथा ज्ञान र वैराग्यलाई सिद्ध गर्न श्रीगुरुदेवको चरणामृत पान गर्नुपर्दछ ।।२६।।
स्वदेशिकस्यैव च नामकीर्तनं
भवेदनन्तस्य शिवस्य कीर्तनम् ।
स्वदेशिकस्यैव च नामचिन्तनं
भवेदनन्तस्य शिवस्य चिन्तनम् ।।२७ ।।
आफ्ना गुरुदेवका नामको कीर्तन गर्नु नै अनन्तस्वरूप भगवान शङ्करको कीर्तन गर्नु हो ।आफ्ना गुरुदेवका नामको चिन्तन गर्नु नै अनन्तस्वरूप भगवान शङ्करको चिन्तन गर्नु हो ।।२७ ।।
काशीक्षेत्रं निवासश्च जाह्नवीचरणाेदकम् ।
गुरुर्विश्वेश्वर: साक्षात् तारकं ब्रह्मनिश्चय: ।।२८ ।।
आफ्ना गुरुदेवको निवासस्थान नै काशी क्षेत्र हो । श्रीगुरुदेवको पाउजल नै गङ्गाजी हुन् । गुरुदेव नै भगवान विश्वनाथ हुनुहुन्छ । ब्रह्मनिश्चय गराउने साक्षात् तारकतत्त्व श्रीगुरुदेव नै हुनुहुन्छ ।।२८ ।।
गुरुसेवा गया प्राेक्ता देह: स्यादक्षयाे वट: ।
तत्पादं विष्णुपादं स्यात् तत्र दत्तमनस्ततम् ।।२९ ।।
गुरुदेवको सेवा नै तीर्थराज प्रयाग हो भनिएको छ । गुरुदेवको शरीर अक्षय वटवृक्ष हो । गुरुदेवका श्रीचरण भगवान् विष्णुका श्रीचरण हुन् । गुरुसेवामा लगाइएको मन ठूलो मन हो ।।२९ ।।
गुरुवक्त्रे स्थितं ब्रह्म प्राप्यते तत्प्रसादत: ।
गुराेर्ध्यानं सदा कुर्यात् पुरुषं स्वैरिणी यथा ।।३० ।।
ब्रह्मतत्त्व गुरुदेवका वचनामृतमा छ । त्यो ब्रह्मतत्त्व उहाँकै कृपा प्रसादबाट प्राप्त हुन्छ । यसकारण जसरी स्वेच्छाचारी स्त्री आफ्ना प्रेमी पुरुषको चिन्तन गर्छे त्यसरी नै सत्शिष्यले पनि आफ्ना गुरुदेवको ध्यान गर्नुपर्दछ ।।३० ।।
स्वाश्रमं च स्वजातिं च स्वकीर्तिं पुष्टिवर्धनम् ।
एतत्सर्वं परित्यज्य गुरुमेव समाश्रयेत् ।।३१ ।।
आफ्नो आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्न्यास धर्म आफ्नो जाति ब्राह्मण , क्षत्रीय, वैश्य, शुद्र, कीर्ति पद ,प्रतिष्ठा भरण पोषण, यी सबैलाई छाडेर गुरुदेवका, आश्रयमा रहनुपर्दछ ।।३१ ।।
गुरुवक्त्रे स्थिता विद्या गुरुभक्त्या च लभ्यते ।
त्रैलाेक्ये स्फुटवक्ताराे देवर्षिपितृमानवा: ।।३२ ।।
ब्रह्मविद्या गुरुदेवका वचनामृतमा छ । त्यो विद्या गुरुभक्तिबाट प्राप्त हुन्छ । तीन लोकका देवता, ऋषि, पितृ र मानवका प्रवक्ताहरूले स्पष्टसँग भन्नुभएकाे छ ।।३२।।
गुकारश्चान्धकाराे हि रुकारस्तेज उच्यते ।
अज्ञानग्रासकं ब्रह्म गुरुरेव न संशय: ।।३३ ।।
गुशब्दको अर्थ अज्ञान हो । रुशब्दको अर्थ ज्ञान हो । अज्ञानलाई नष्ट गर्ने ब्रह्मप्रकाश गुरु नै हुनुहुन्छ । यसमा शङ्का छैन ।।३३ ।।
गुकारश्चान्धकारस्तु रुकारस्तन्निराेधक: ।
अन्धकारविनाशित्वात् गुरुरित्यभिधीयते ।।३४ ।।
गुकार अन्धकार हो र रुकारले त्यो अन्धकारलाई हटाउँछ ।अज्ञानरूपी अन्धकारलाई नष्ट गर्ने सामर्थ्य भएकाले नै त्यस तत्त्वलाइ गुरु भनिन्छ ।।३४ ।।
गुकारस्तु गुणातीताे रूपातीताे रुकारक: ।
गुणरूपविहीनत्वात् गुरुरित्यभिधीयते ।।३५ ।।
गुकारबाट गुणातीत र रुकारबाट रूपातीतको बोध हुन्छ । गुण र रूपबाट टाढा हुनाले नै त्यो परमतत्त्वलाई गुरु भनिन्छ ।।३५ ।।
गुकार: प्रथमाे वर्णाे मायादि गुणभासक: ।
रुकाराे$ स्ति परं ब्रह्म मायाभ्रान्तिविमाेचकम् ।।३६ ।।
गुरुशब्दको पहिलो अक्षर गुकार माया आदि गुणहरूको प्रकाशक हो । दोस्रो अक्षर रुकार मायाको भ्रान्तिबाट मुक्ति दिने परब्रह्म हो ।।३६ ।।
आसनं शयनं वस्त्रं वाहनं भूषणादिकम् ।
साधकेन प्रदातव्यं गुरुसन्ताेषकारणम् ।।३७ ।।
सत्शिष्य वा साधकले गुरुदेवको प्रसन्नताका लागि आसन, बिस्तारा वस्त्र, वाहन, आभूषण आदि समर्पण गर्नुपर्दछ ।।३७ ।।
शरीरमिन्द्रियप्राणमर्थस्वजनबान्धवान् ।
आत्मदारादिकं सर्वं सद्गुरुभ्याे निवेदयेत् ।।३८ ।।
आफ्नो शरीर, इन्द्रिय, प्राण ,धन, कुटुम्बजन, इष्टमित्र, नालनाता, पतपत्नी आदिमा आशक्त मनलाई श्रीगुरुदेवका पाउमा अर्पण गर्नुपर्दछ ।।३८ ।।
सर्वश्रुतिशिराेरत्नविराजितपदाम्बुजम् ।
वेदान्तार्थप्रवक्तारं तस्मात्सम्पूजयेत् गुरुम् ।।३९ ।।
गुरु सबै श्रुतिरूप श्रेष्ठ रत्नहरूबाट सुशोभित चरणकमलयुक्त हुनुहुन्छ । वेदान्तका अर्थको प्रवक्ता हुनुहुन्छ । त्यसकारण गुरुदेवका चरणकमलको पूजा गर्नुपर्दछ ।।३९ ।।
यस्य स्मरणमात्रेण ज्ञानमुत्पद्यते स्वयम् ।
स एव सर्वसम्पत्ति: तस्मात्सम्पूजयेत् गुरुम् ।।४० ।।
जसको सम्झना गर्दा ज्ञान आफैँ प्रकट हुन्छ । त्यस्तो महापुरुष सर्वस्व हुनुहुन्छ । सबै सम्पदाको मूलकारण हुनुहुन्छ । त्यसकारण श्रीगुरुदेवको पूजा गर्नुपर्दछ ।।४० ।।
संसारवृक्षमारूढा: पतन्ति नरकार्णवे ।
यस्तान्नुद्धरते सर्वान् तस्मै श्रीगुरवे नम: ।।४१ ।।
संसाररूपी वृक्षमा चढेका मानिसहरू नरकरूपी सागरमा खस्दछन् । जसले ती सबैको उद्धार गर्नुहुन्छ, त्यस्ता श्री गुरुदेवलाई नमस्कार छ ।।४१ ।।
एक एव पराे बन्धुर्विषमे समुपस्थिते ।
गुरु: सकलधर्मात्मा तस्मै श्रीगुरवे नम: ।।४२ ।।
विषम परिस्थिति आइलाग्दा गुरुदेव परमबन्धु बन्नुहुन्छ, गुरु सबै धर्मको साक्षी आत्मस्वरुप हुनुहुन्छ । त्यस्ता श्री गुरुदेवलाई नमस्कार छ ।।४२ ।।
भवारण्यप्रविष्टस्य दिङ्माेहभ्रान्तचेतस: ।।
येन सन्दर्शितं पन्था: तस्मै श्रीगुरवे नम: ।।४३ ।।
संसाररूपी जङ्गलमा प्रवेश गरेका दिशाविहीन भएर एउटै बाटो घुमिरहेका जीवात्माहरूलाई जसले सहज मुक्तिपथ देखाइदिनुभयो त्यस्ता श्रीगुरुदेवलाई नमस्कार छ।।४३ ।।
तापत्रयाग्नितप्तानामशान्तप्राणिनां भुवि ।
गुरुरेव परा गङ्गा तस्मै श्रीगुरवे नम: ।।४४ ।।
यस पृथ्वीमा आधि व्याधि उपाधि अग्नि अादिकाे पीडाले पिल्सिइरहेका अशान्त प्राणीहरूका लागि गुरुदेव नै एकमात्र विशाल गंगाजी हुनुहुन्छ ।त्यस्ता श्रीगुरुदेवलाई नमस्कार छ ।।४४ ।।
सप्तसागरपर्यन्तं तीर्थस्नानफलं तु यत् ।
गुरुपादपयाेबिन्दाे: सहस्रांशेन तत्फलम् ।।४५ ।।
सात सागरसम्म तीर्थस्नान गरेर जुन फल मिल्दछ श्री गुरुदेवका चरणामृतको एक बिन्दुको फल त्यो फलभन्दा हजारौं गुना बढी हुन्छ ।।४५।।
शिवे रुष्टे गुरुस्त्राता गुराै रुष्टे न कश्चन ।
लब्ध्वा कुलगुरुं सम्यग्गुरुमेव समाश्रयेत्
।४६ ।।
भगवान शङ्कर रिसाउनुभयो भने गुरुदेवले रक्षा गर्नुहुन्छ ।गुरु रिसाउनु भयो भने कसैले रक्षा गर्न सक्दैन । कुलगुरुलाई चिनेर सधैँ उहाँको शरणको आश्रयमा रहनु पर्दछ ।।४६ ।।
गुकारं च गुणातीतं रुकारं रूपवर्जितम् ।
गुणातीतमरूपञ्च याे दद्यात् स गुरुस्मृत: ।।४७ ।।
गुरु शब्दको गु अक्षर गुणातीतको बोधक हाे र रु अक्षरको रूप रहित स्थितिको बोधक हो । जसले गुणातीत र रूपतीत अवस्थाको अनुभूति प्रदान गर्नुहुन्छ । त्यस्ता महापुरुषलाई गुरु भनिन्छ ।।४७ ।।
अत्रिनेत्र: शिव: साक्षात् द्विबाहुश्च हरि :स्मृत: ।
याे$ चतुर्वदनाे ब्रह्मा श्रीगुरु: कथित प्रिये ।।४८ ।।
हे प्रिये ! गुरु तीनवटा आँखा नभएको साक्षात् शिव हुनुहुन्छ ।दुई हात भएका भगवान विष्णु र चारमुख भएका ब्रह्माजी हुनुहुन्छ ।।४८ ।।
देवकिन्नरगन्धर्वा: पितृयक्षास्तु तुम्बुरु: ।
मुनयाे$ पि न जानन्ति गुरुसुश्रूषणे विधिम् ।।४९ ।।
देवता, किन्नर, गन्धर्व, पितृ ,यक्ष, तुम्बुररु र मुनिहरूले पनि गुरुसेवाको विधि जान्नुहुन्न ।।४९ । ।
तार्किकाश्छान्दिकाश्चैव दैवज्ञा: कर्मठा: प्रिये ।
लाैकिकास्ते न जानन्ति गुरुतत्त्वं निराकुलम् ।।५० ।।
हे प्रिय! ती तार्किक, वैदिक, ज्योतिषी, कर्मकाण्डी तथा संसारमा चुर्लुम्म डुबेका मानिसहरूले निर्मल गुरुतत्त्व जान्दैनन् । गुरुतत्त्व तर्क वितर्कभन्दा टाढाको विषय हो । श्रद्धा भक्ति र भावमा निर्भर रहने विषय हो ।।५० ।।
महाहङ्कारगर्वेण तपाेविद्याबलेन च ।
भ्रमन्त्येतस्मिन् संसारे घटीयन्त्रं तथा पुन:।।५१ ।।
तपस्या, विद्या, बलका ठूला अहङ्कारका कारण जीव यस संसारमा घडीको सेकेन्ड सुइ घुमेझैँ घुमिरहन्छन् । जे गरेपनि जन्म मृत्युको चक्रमा परिरहन्छन् ।।५१ ।।
यज्ञिनाे$ पि न मुक्ता: स्यु : न मुक्ता: याेगिनस्तथा ।
तापसा अपि नाे मुक्ता गुरुतत्त्वात् पराङ्मुखा: ।।५२ ।।
गुरुतत्त्वबाट पराङ्मुख भएका मनुष्यहरू याज्ञिक भएपनि मुक्त हुँदैनन् । त्यस्तै गरेर याेगीहरूले र तपस्वीहरूले पनि मुक्ति पाउँदैनन् ।।५२ ।।
न मुक्तास्तु गन्धर्वा: पितृयक्षास्तु चारणा: ।
ऋषय: सिद्धदेवाद्या: गुरुसेवापराझ्मुखा : ।।५३ ।।
गुरुको सेवाबाट विमुख गन्धर्व ,पितृ, यक्ष, चारण, ऋषि, सिद्ध देवता आदि पनि मुक्त हुँदैनन् ।।५३ ।।
।।इतिश्रीस्कन्दाेत्तरखण्डे उमामहेश्वरसंवादे श्रीगुरुगीतायां प्रथमाे$ ध्याय: ।।
।।यसरी स्कन्दपुराणको उत्तरखण्डमा उमामहेश्वर संवादरूप नेपालीको सारदाटीका श्रीगुरुगीताको पहिलो अध्याय पूरा भयो ।।
अथ द्वितीय अध्याय ः ।।
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम् ।
द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादि लक्ष्यम् ।।
एकं नित्यं विमलमचलं सर्वधीसाक्षीभूतम् ।
भावातीतं त्रिगुणरहितं सद्गुरु तं नमामि ।।१ ।।
ब्रह्मानन्दस्वरूप ,परम सुख प्रदान गर्ने ,केवल ज्ञानमूर्ति ,सुख दु: ख ,ताताे चिसाेका झगडाहरूबाट अलग ,आकाशजस्तै सूक्ष्म र सर्वव्यापक हुनुहुन्छ ।तत्त्वमसि आादि महावाक्यहरूकाे लक्ष्यार्थ हुनुहुन्छ ।एक , नित्य , निर्मल
र सबै बुद्धिहरूका साक्षी हुनुहुन्छ ।भावनाबाट पर सात्त्विक राजसिक र तामसिक गुणहरूबाट पृथक् हुनुहुन्छ ।त्यस्ता सद्गुरुदेवलाई म नमस्कार गर्दछु ।।१ ।।
गुरूपदिष्टमार्गेण मन: शुद्धिं तु कारयेत् ।
अनित्यं खण्डयेत् सर्वं यत्किञ्चिदात्मगाेचरम् ।।२ ।।
श्रीगुरुदेवले देखाएका बाटाबाट मन शुद्ध बनाउनु पर्दछ ।आफूले देखेका जुनसुकै नाशवान् पदार्थ वा विषयवस्तु विचारद्वारा हटाउनु पर्दछ ।।२ ।।
किमत्र बहुनाेक्तेन शास्त्रकाेटिशतैरपि ।
दुर्लभा: चित्तविश्रान्ति: विना गुरुकृपां पराम् ।।३ ।।
यहाँ धेरै भनेर के लाभ हुन्छ ? श्रीगुरुदेवकाे महती कृपा बेगर कराेडाैँ शास्त्रहरूकाे अध्ययन चिन्तन मननबाट पनि चित्त विश्रान्ति हुन दुर्लभ छ ।।३ ।।
करूणाखड्गपातेन छित्वा पाशाष्टकं शिशाे : ।
सम्यगानन्दजनक: सद्गुरु: साे$ भिधीयते ।।४ ।।
करूणारूपी तरबार प्रहार गरेर शिष्यका आठ प्रकारका पाशाहरू दया , भय , निन्दा ,प्रतिष्ठा ,कुलकाे अभिमान र सम्पत्तिकाे बन्धन काटेर परम आनन्दका मूलस्राेतलाई सद्गुरु भनिन्छ ।।४ ।।
एवं श्रुत्वा महादेवि गुरुनिन्दां कराेति य: ।
स याति नरकान् घाेरान् यावच्चन्द्रदिवाकराै ।।५।।
गुरुकाे यस्ताे माहात्म्य सुनेर पनि जसले गुरुनिन्दा गर्दछ ।त्याे मानिस सूर्य र चन्द्रमाकाे अस्तित्व रहुञ्जेल डरलाग्दा नरकहरूमा जाकिन्छ ।।५।।
यावत्कल्पान्तकाे देहस्तावद्देवि गुरुं स्मरेत् ।
गुरुलाेपाे न कर्तव्य: स्वच्छन्द: यदि वा चरेत् ।।६ ।।
जबसम्म कल्पान्तसम्म रहने देह रहन्छ तबसम्म श्रीगुरुदेवकाे स्मरण गर्नुपर्दछ ।गुरुलाेप गर्न हुँदैन ।स्वच्छन्द हुनुहुँदैन ।अर्थात् शिष्यलाई आत्मबाेध भए पनि सद्गुरुकाे आश्रय छाेड्नु हुँदैन ।।६ ।।
हुङ्कारेण न वक्तव्यं प्राज्ञशिष्यै : कदाचन ।
गुराेरग्रे न वक्तव्यमसत्यं तु कदाचन ।।७ ।।
श्रीगुरुदेवका अगाडि प्रज्ञावान् शिष्यले कहिल्यै पनि हुङ्कारकाे उच्चारण गर्नहुँदैन ।मैले याेे गरेँ ,त्याे गरेँ ।म यस्ताे , त्याे त्यस्ताे आदि द्वैतपरक व्यवहारका धावा बाेल्न हुँदैन ।कहिल्यै पनि असत्य बाेल्न हुँदैन ।।७ ।।
गुरुं त्वं कृत्य हुङ्कृत्य गुरुसान्निध्यभाषण: ।
अरण्ये निर्जले देशे स भवेत् ब्रह्मराक्षस: ।।८ ।।
श्रीगुरुदेवलाई जसले हुङ्कार गर्दछ अथवा तँ भन्दछ त्याे अपराधी निर्जल मरुभूमिमा ब्रह्मराक्षस हुन्छ ।।८ ।।
अद्वैतं भावयन्नित्यं सर्वावस्थासु सर्वदा ।
कदाचिदपि नाे कुर्यादद्वैतं गुरुसन्निधाै ।।९।।
सधैँ सबै अवस्थाहरूमा अद्वैतकाे भावना गर्नुपर्दछ ।परन्तु गुरुदेवका साथ अद्वैतकाे भावना कहिल्यै पनि गर्नहुँदैन ।।९ ।।
दृश्यविस्मृतिपर्यन्तं कुर्याद् गुरुपदार्चनम् ।
तादृशस्यैव कैवल्यं न च तद्व्यतिरेकिण: ।।१० ।।
स्वाभाविक रूपमा दृश्य प्रपञ्च बिर्सने चरणसम्म गुरुपदकाे अर्चना गर्नुपर्दछ ।त्यस्ता शिष्य साधक वा मुमुक्षुहरूले कैवल्य प्राप्त गर्दछन् ।यसबाहेक अरू काम गर्नेहरू मुक्त हुँदैनन् ।।१० ।।
अपि सम्पूर्णतत्त्वज्ञाे गुरुत्यागी भवेद्यथा ।
भवत्येव हि तस्यान्तकाले विक्षेपमुत्कटम् ।।११ ।।
आत्मतत्त्व वा ब्रह्मज्ञानकाे अनुभूति भए पनि शिष्य वा साधकले यदि गुरुत्याग गरेकाे छ भने शरीर छुट्ने बेलामा ठूलाे विक्षेप हुन्छ ।।११ ।।
गुराै सति स्वयं देवि परेषां तु कदाचन ।
उपदेशं न वै कुर्यात् तदाचेद्राक्षसाे भवेत् ।।१२।।
हे देवि! गुरुसँग बसुन्जेल आफूले अरूलाई कहिल्यै पनि उपदेश गर्नहुँदैन ।गुरुका समीपमा उपदेश दिन्छ भने त्याे उपदेष्टा शिष्य राक्षस हुन्छ ।।१२ ।।
न गुराेराश्रमे कुर्यात् दुष्पानं परिसर्पणम् ।
दीक्षा व्याख्या प्रभुत्वादि गुराेराज्ञां न कारयेत् ।।१३ ।।
गुरुकाे आश्रममा नसा सेवन गर्न हुँदैन र डुलुवा हुनुहुँदैन ।व्याख्या प्रवचन गर्न हुँदैन ।प्रभुत्व देखाउन र गुरुआज्ञा उल्लङ्घन गर्नहुँदैन ।।१३ ।।
नाेपाश्रमं च पर्यङ्कं न च पादप्रसारणम् ।
नाङ्गभाेगादिकं कुर्यान्न लीलामामपि ।।१४ ।।
गुरुकाे आश्रममा आफ्नाे छुट्टै कुटी ,पलङ बनाउन हुँदैन ।
गुरुदेवका सम्मुख खुट्टा पसार्न हुँदैन ।शारीरिक भाेगादि कार्य गर्नहुँदैन ।असत्य लीलाकाे अभिनय गर्नहुँदैन ।।१४
गुरूणां सदसद्वापि यदुक्तं तन्न लङ्घयेत् ।
कुर्वन्नाज्ञां दिवारात्राै दासवन्निवसेद् गुराै ।।१५ ।।
गुरुदेवले भनेकाे साँचाे हाेस् अथवा झूटाे हाेस् परन्तु त्यसलाई कहिल्यै पनि उल्लङ्घन गर्नहुँदैन ।अहाेरात्र गुरुदेवकाे आज्ञापालन गरेर उहाँकाे सान्निध्यमा दासजस्ताे बनेर बस्नुपर्दछ ।।१५ ।।
अदत्तं न गुराेर्द्रव्यमुपभुञ्जीत कर्हिचित् ।
दत्तं च रङ्कवद्ग्राह्यं प्राणाे$ प्येतेन लभ्यते ।।१६ ।।
गुरुदेवले उपभाेग गर्नआदेश नदिएकाे गुरुद्रव्यकाे कहिल्यै पनि प्रयाेग गर्न हुँदैन ।गुरुदेवले दिएकाे द्रव्य सेवकभावमा रहेर स्वीकार गर्नुपर्दछ ।यसबाट प्राण पनि मिल्दछ ।।१६ ।।
गच्छत: पृष्ठताे गच्छेत् गुरुच्छायां न लङ्घयेत् ।
नाेल्बणं धारयेद्वेषं नालङ्कारास्तताेल्बणान् ।।१७।।
हिँड्दा श्रीगुरुदेवका पछि हिँड्नु पर्दछ ।गुरुकाे छाया नाघ्न हुँदैन ।गुरुदेवका सान्निध्यमा अश्लील भेषभूषा पहिरन हुँदैन ।।१७ ।।
गुरुनिन्दाकरं दृष्ट्वा धावयेदथ वासयेत् ।
स्थानं वा तत्परित्याज्यं जिह्वाच्छेदक्षमाे यदि ।।१८ ।।
गुरुनिन्दा गरेकाे देखेपछि उसकाे जिब्राे काट्न सकिँदैन भने उसलाई आफ्नाे स्थानबाट अन्यत्र भगाइदिनुपर्दछ ।त्याे त्यहीँ बस्याे भने आफूले त्याे स्थान छाेड्नु पर्दछ ।।१८ ।।
मुनिभि: पन्नगैर्वापि सुरैर्वा शापिताे यदि ।
कालमृत्युभयाद्वापि गुरु: सन्त्राति पार्वति ।।१९ ।।
हे पार्वति! मुनि, नाग र देवताहरूले श्राप दिए भने कालकाे मृत्युकाे डरबाट श्रीगुरुदेवले बचाउनुहुन्छ ।।१९ ।।
विजानन्ति महावाक्यं गुराेश्चरणसेवया ।
ते वै सन्न्यासिन: प्राेक्ता इतरेवेषधारिण: ।।२० ।।
गुरुदेवका श्रीचरणहरूकाे सेवा सुश्रूषाकाे पुण्यका प्रतापले जसले तत्त्वमसि आदि महावाक्यकाे अर्थकाे अनुभूति गर्दछन्।
तिनीहरू नै सच्चा सन्न्यासीहरू हुन् ।अरू त केवल भेषधारी मात्र हुन् ।।२१ ।।
नित्यं ब्रह्म निराकारं निर्गुणं बाेधयेत् परम् ।
भासयन् ब्रह्मभावञ्च दीपाे दीपान्तरं यथा ।।२२।।
गुरुप्रसादत: स्वात्मन्यात्मारामनिरीक्षणात् ।
समता मुक्तिमार्गेण स्वात्मज्ञानं प्रकाशते ।।२३ ।।
श्रीगुरुदेवकाे कृपाबाट आफूमा आत्मानन्दकाे अवलाेकन गर्नाले समता र मुक्तिकाे मार्गद्वारा आफूमा आत्मबाेधरूप उपलब्धि हुन्छ ।।२३ ।।
स्फटिके स्फटिकं रूपं दर्पणे दर्पणाे यथा ।
तथात्मनि चिदाकारमानन्दं साे$ हमित्युत ।।२४ ।।
जसरी स्फटिकमा स्फटिक तथा ऐनामा ऐना देख्न सकिन्छ ।त्यसरी नै आत्मामा शुद्ध चैतन्य र आनन्दरूप देखिन्छ ।त्याे चिदानन्द म हुँ ।।२४ ।।
अङ्गुष्ठमात्रं पुरुषं ध्यायेच्च चिन्मयं हृदि ।
तत्र स्फुरती याे भाव: श्रृणु तत्कथयामि ते ।।२५ ।।
हृदयमा बुढीअाैँला जत्राे परिमाणकाे चैतन्य पुरुषकाे ध्यान गर्नुपर्दछ ।त्यहाँ जस्ताे भाव फुर्दछ ।मैले त्याे तिमीलाई भन्दछु सुन ।।२५ ।।
अजराे$ हममराे$ हं च ह्यनादिनिधनाेह्यहम् ।
अविकारश्चिदानन्दाे ह्यणीयान् महताे महान्।।२६ ।।
म अजन्मा हुँ , म अमर हुँ ,मेराे आदि छैन , मेराे मृत्यु छैन ।म निर्विकार हुँ ।म अणुभन्दा पनि सानाे छु ।महान् भन्दा पनि महान् छु ।।२७ ।।
अपूर्वमपरं नित्यं स्वयंज्याेतिर्निरामयम् ।
विरजं परमाकाशं ध्रुवमानन्दमव्ययम् ।।२८ ।।
अगाेचरं तथा$ गम्यं नामरूपविवर्जितम् ।
नि: शब्दं तु विजानीयात् स्वभावात् ब्रह्म पार्वति ।।२९ ।।
अपूर्व ,अद्वितीय , नित्य ,स्वयंज्याेति ,निराेग , निर्मल ,परम आकाशरूप ,अचल , आनन्दस्वरूप , अविनाशी, अगम्य ,अगाेचर नाम र रूपबाट रहित तथा नि:शब्द ब्रह्मतत्त्वलाई आत्मभावले बुझ्नुपर्दछ ।।२८ -२९ ।।
यथागन्धस्वभावतब कर्पूरकुसुमादिषु ।
शीताेष्णत्वस्वभावत्वंतथा ब्रह्मणि शाश्वतम् ।।३० ।।
जसरी कपुर फूलहरूमा सुगन्ध स्वाभाविकरूपमा रहन्छ आगाेमा ताताेपन र पानीमा चिसाेपन स्वभावत: रहन्छ त्यसरी नै ब्रह्ममा शाश्वत गुण स्वभावैले सिद्ध हुन्छ ।।३० ।।
यथा निजस्वभावेन कुण्डलकटकादय: ।
सुवर्णत्वेन तिष्ठन्ति तथा$ हं ब्रह्मशाश्वतम् ।।३१ ।।
जसरी बाला झुम्का तिलहरि सिक्री अादि गरगहनाहरू मूलरूपमा सुन हुन् त्यस्तै गरेर म शाश्वत ब्रह्म हुँ ।।३१ ।।
स्वयं तथाविधाे भूत्वा स्थातव्यं यत्र कुत्रचित् ।
कीटाे भृङ्ग इव ध्यानात् यथा भवति तादृश: ।।३२ ।।
शाश्वत ब्रह्ममय बनेपछि जहाँ बसे पनि हुन्छ । जसरी किरा भँवराकाे चिन्तन गर्दा गर्दै भँवराे हुन्छ ।त्यस्तै गरेर जीव ब्रह्मकाे ध्यान गर्दा गर्दै ब्रह्मस्वरूप हुन्छ ।।३२ ।।
गुराेर्ध्यानेनैव नित्यं देही ब्रह्ममयाे भवेत् ।
स्थितश्च यत्र कुत्रापि मुक्ताे$ साै नात्र संशय: ।।३३ ।।
सधैँ गुरुकाे ध्यान गर्नाले जीव ब्रह्ममय बन्दछ ।जहाँ बसे पनि मुक्त हुन्छ ।यसमा कुनै शङ्का छैन ।।३३ ।।
ज्ञानं वैराग्यमैश्वर्यं यश: श्रीसमुदाहृतम् ।
षड्गुणैश्वर्ययुक्ताे हि भगवान् श्रीगुरु: प्रिये ।।३४ ।।
हे प्रिये ! भगवत्स्वरूप श्रीगुरुदेव ज्ञान वैराग्य ऐश्वर्य यश लक्ष्मी र मधुरवाणी यी छ गुणरूप ऐश्वर्यबाट सम्पन्न हुनुहुन्छ ।।३४ ।।
गुरु : शिवाे गुरुर्देवाे गुरुर्वन्धु: शरीरिणाम् ।।
गुरुरात्मा गुरुर्जीवाे गुराेरन्यन्न विद्यते ।।३५ ।।
शरीरधारीहरूका लागि गुरु नै शिव हुनुहुन्छ ।गुरु नै देव हुनुहुन्छ ।गुरु नै बान्धव हुनुहुन्छ ।आत्मा र जीव पनि गुरु नै हुनुहुन्छ । गुरुबाहेक अरू केही पनि छैन ।।३५ ।।
एकाकी नि: स्पृह: शान्ताे चिन्तासूयादिवर्जित: ।
बाल्यभावेन याे भाति ब्रह्मज्ञानी स उच्यते ।।३६ ।।
एक्लै , कामनारहित ,शान्त , चिन्ता , ईर्ष्या नभएकाे निर्मल बालकभावमा जाे देखिनुहुन्छ उहाँ ब्रह्मज्ञानी हुनुहुन्छ ।।३७ ।।
न सुखं वेदशास्त्रेषु न सुखं मन्त्रयन्त्रके ।
गुराे: प्रसादादन्यत्र सुखं नास्ति महीतले ।।३८ ।।
वेद तथा शास्त्रहरूमा सुख छैन ।मन्त्र र यन्त्रहरूमा सुख छैन ।यश पृथ्वीतलमा श्रीगुरुदेवकाे कृपा प्रसादबाहेक अन्यत्र सुख छैन ।।३८ ।।
चार्वाकवैष्णवमते सुखं प्राभाकरे नहि ।
गुराे: पादान्तिके यद्वत् सुखं वेदान्तसम्मतम् ।।३९ ।।
गुरुदेवका श्रीचरणमा जुन अद्वैतवेदान्त दर्शनसम्मत सुख छ त्याे सुख चार्वाकमतमा वैष्णवमतमा प्राभाकरमतमा छैन ।।३९ ।।
न तत्सुखं सुरेन्द्रस्य नसुखं चक्रवर्तिनाम् ।
यत्सुखं वीतरागस्य मुनेरेकान्तवासिन: ।।४० ।।
एकान्तसेवी वीतराग मुनिलाई जुन सुख मिल्दछ त्याे सुख देवराज इन्द्रलाई पनि मिल्दैन र बडे बडे चक्रवर्ती राजाहरूलाई पनि मिल्दैन ।।४० ।।
नित्यं ब्रह्मरसं पीत्वा तृप्ताे य: परमात्मनि ।
इन्द्रं च मन्यते रङ्कं नृपाणां तत्र का कथा ।।४१ ।।
जाे अखण्ड ब्रह्मरस पिएर तृप्त भएकाे छ ,उसले देवराज इन्द्रलाई पनि गरीब मान्दछ भने राजाहरूका त के कुरा? ।।४१ ।
यत: परमकैवल्यं गुरुमार्गेण वै भवेत् ।
गुरुभभक्तिरति: कार्या सर्वदा माेक्षकाङ्क्षिभि: ।।४२ ।।
परमकैवल्य अर्थात् माेक्ष निश्चय गुरुमार्गबाट हुन्छ ।यसकारण माेक्षका आकाङ्क्षी सज्जनहरूले गुरुभक्ति सधैँ गर्नुपर्दछ ।।४२ ।।
एक एवाद्वितीयाे$ हं गुरुवाक्येन निश्चित: ।
एवमभ्यस्यता नित्यं न सेव्यं वनान्तरम् ।।४३ ।।
अभ्यासन्निमिषेणैव समाधिमधिगच्छति ।
आजन्मजनितं पापं तत्क्षणादेव नश्यति ।।४४।।
गुरुदेवका वाक्यका सहायताबाट म एक अद्वितीय ब्रह्म हुँ भन्ने निर्णय गरेर नित्य यही ब्रह्मभावकाे अभ्यास गरिरहेकाे जिज्ञासु मुमुक्षुले वनवासका कठाेर नियमहरूकाे परिपालना गरिरहनुपर्दैन ।।४३ ।।
ब्रह्माभ्यासका प्रभावले छाेटाे समयमा समाधिकाे अवस्थामा पुग्दछ ।जन्म जन्मान्तरका पापहरू तुरुन्त नष्ट हुन्छन् ।।४४ ।।
गुरुर्विष्णु: सत्त्वमयाे राजसश्चतुरानन: ।
तामसाे रुद्ररूपेण सृजत्यवति हन्ति च ।।४५ ।।
गुरुदेव सत्त्वगुणकाे आश्रय लिएर विष्णुरूप धारण गरेर जगतकाे भरणपाेषण गर्नुहुन्छ ।रजाेगुणकाे आश्रय लिएर ब्रह्माकाे रूप धारण गरेर जगतकाे सृजना गर्नुहुन्छ र तमाेगुणकाे आश्रय रुद्ररूप लिएर जगतकाे संहार गर्नुहुन्छ ।।४५ ।।
तस्यावलाेकनं प्राप्य सर्वसङ्गविवर्जित: ।
एकाकी नि: स्पृह: शान्त: स्थातव्यं तत्प्रसादत: ।।४६ ।।
गुरुदेवकाे सान्निध्य पाएर उहाँका कृपा प्रसादबट सबै प्रकारका आशक्तिहरूलाई तिलाञ्जलि दिएर आत्माराम भएर सारा सङ्कल्पहरू परित्याग गरेर शान्त भएर बस्नुपर्दछ ।।४६ ।।
सर्वज्ञपदमित्याहुर्देही सर्वमयाे भुवि ।
सदा$ नन्द: सदा शान्ताे रमते यत्र कुत्रचित् ।।४७ ।।
धरतिमा सधैँ आनन्दमय , सर्वमय र शान्त भएर जहाँ कहीँ पनि रम्ने याेगी सर्वज्ञ हुन्छ भनिएकाे छ ।।४७ ।।
यत्रैव तिष्ठते साे$ पि स देश: पुण्यभाजन: ।
मुक्तस्य लक्षणं देवि तवाग्रे कथितं मया ।।४८ ।।
यस्ता सर्वज्ञ पुरुष जहाँ बस्नुहुन्छ त्याे ठाउँ तीर्थ बन्दछ ।हे देवि तिम्रा सामुन्ने मैले मुक्तपुरुषका लक्षण बताएँ ।।४८ ।।
यद्यप्यधीता: निगमा: षडङ्गा: आगमा: प्रिये ।
अध्यात्मादीनि शास्त्राणि ज्ञानं शास्त्राणि ज्ञानं नास्ति गुरुं विना ।।४९ ।।
हे प्रिये ! छ अङ्गसहित वेदहरू पुराणहरू वेदान्त आदि शास्त्रहरू पढे पनि गुरु विना ब्रह्मज्ञान मिल्दैन ।।४९ ।।
शिवपूजारताे वापि विष्णुपूजारताे $थवा ।
गुरुतत्त्वविहीनश्चेत्तत्सर्वं व्यर्थमेव हि ।।५० ।।
शिवजीकाे पूजामा लीन हाेस् अथवा विष्णुपूजामा परायण हाेस् ।गुरुतत्त्वबाट वञ्चित भएमा त्याे सबै व्यर्थ हुन्छ ।।५० ।।
सर्वं स्यात् सफलं कर्म गुरुदीक्षा प्रभावत: ।
गुरुलाभात् सर्वलाभाे गुरुहीनस्तु बालिश: ।।५१ ।।
गुरुदीक्षाका प्रभावबाट सबै कर्म सफल हुन्छन् ।गुरुलाभबाट सबै लाभ हुन्छ ।गुरु नभएकाे व्यक्ति मूर्ख हुन्छ ।।५१ ।।
तस्मात् सर्वप्रयत्नेन सर्वसङ्गविवर्जित: ।
विहायशास्त्रजालानि गुरुमेव समाश्रयेत् ।।५२ ।।
त्यसकारण सबैतिरबाट प्रयास गरेर अनाशक्त भएर शास्त्रजाललाई समेत छाेडेर श्रीगुरुदेवकाे शरणमा बस्नुपर्दछ।।५२ ।।
ज्ञानहीनाे गुरुस्त्याज्याे मिथ्यावादी विडम्बक: ।
स्वविश्रान्तिं न जानाति परशान्तिं कराेति किम्? ।।५३ ।।
आत्मज्ञान नभएकाे झुटाे बाेल्ने देखावटी कर्म गर्ने गुरु त्याग्न उचित हुन्छ । आफैँले शान्ति पाउन सकेकाे छैन भने अरूलाई कसरी शान्ति दिन सक्छ ? ।।५३ ।।
शिलाया: किं परं ज्ञानं शिलासङ्घप्रतारणे ।
स्वयं तर्तुं न जानाति परं निस्तारयेत् कथम् ।।५४ ।।
ढुङ्गाकाे थुप्राेलाई तार्नसक्ने के ढुङ्गामा परमज्ञान हुन्छ? ।आफैँ उत्रन जान्दैन भने अरूलाई त्यसले कसरी ताराेस् ?
।।५४ ।।
न वन्दनीयास्ते कष्टं दर्शनाद् भ्रान्तिकारका: ।
वर्जयेत्तान् गुरून् दूरे धीरानेव समाश्रयेत् ।।५५ ।।
भ्रम छर्ने तिनीहरू वन्दना गर्न याेग्य हुँदैनन् ।तिनीहरूलाई परित्याग गर्नुपर्दछ ।धीर गुरुकाे आश्रय लिनुपर्दछ ।।५५ ।।
पाखण्डिन: पापरता; नास्तिका भेलबुद्धय;
स्त्रीलम्पटा: दुराचारा: कृतघ्ना: बकवृत्तय: ।।५६ ।।
कर्मभ्रष्टा: क्षमानष्टा: निन्द्यतर्कैश्च वादिन: ।
कनमिन: क्राेधिनश्चैव हिंस्राश्चण्डा: शठास्तथा ।५७ ।।
ज्ञानलुप्ता: न कर्तव्या महापापास्तथा प्रिये ।
एभ्याे भिन्न: गुरु: सेव्य एकभक्त्या विचार्य च ।।५८ ।।
हे प्रिये ! पाखण्डी ,पापकर्ममा लीन भएका नास्तिक भेलबुद्धिवाला ,स्त्रीलम्पट ,दुराचारी ,कृतघ्न बकुल्लाकाे जस्ताे बानी भएका , कर्मभ्रष्ट क्षमनभाव मरिसकेका ,निन्दित तर्कका पक्षधर , कामुक ,रिसाहा ,हिंस्रक ,मूर्ख ज्ञान हराएका पापी पुरुषलाई गुरु बनाउन हुँदैन ।यी बाहेक अरूलाई गुरु मान्नुपर्दछ ।श्रद्धा भकति र निष्ठापूर्वक गुरुसेवा गर्नुपर्दछ ।।५६-५८ ।।
सत्यं सत्यं पुन: सत्यं धर्मसारं मयाेदितम् ।
गुरुगीता समं स्ताेत्रं नास्ति तत्त्वं गुराे: परम् ।।५९ ।।
गुरुगीता बरावर अरू कुनै स्ताेत्र छैन ।गुरु समान अरू कुनै तत्त्व छैन ।याे सत्य थियाे , सत्य छ ,सत्य रहनेछ ।।५९ ।।
अनेन यद् भवेद् कार्यं तद्वदामि तव प्रिये ।
लाेकाेपकारकं देवि लाैकिकं तु विवर्जयेत् ।।६० ।।
हे प्रिये! यस गुरुगीताकाे अावृत्ति चिन्तन मननबाट जुन काम सिद्ध हुन्छ ।मैले त्यस विषयमा भन्दछु ।गुरुगीता सारा संसारकाे उपकार गर्न समर्थ छ ।उपकारका लागि लाैकिकधर्मकाे आश्रय परित्याग गरेर गुरुगीताकाे आश्रय लिनुपर्दछ ।।६० ।।
लाैकिकाद्धर्मताे याति ज्ञानहीनाे भवार्णवे ।
ज्ञानभावे च यत्सर्वं कर्म निष्कर्म शाम्यति ।।६१ ।।
आत्मज्ञान नभएका व्यक्तिबाट सम्पादन भएका लाैकिक धर्मले संसाररूपी समुद्रमा धकेल्छन् ।ज्ञाननिष्ठामा अडिएर गरिएका सबै खालका कर्महरू निष्कर्म बन्दछन् । ज्ञानीका माभ्यमबाट भएका गरिएका कर्मले शान्ति दिन्छन् ।।६१ ।।
इमां तु भक्तिभावेन पठेद्वै श्रृणुयादपि ।
लिखित्वा यत्प्रसादेन तत्सर्वं फलमश्नुते ।।६२ ।।
याे गुरुगीता प्रेमपूर्वक पढ्नुपर्छ ,सुन्नुपर्छ अथवा नेपाली कागजमा लेखेर राख्नुपर्दछ ।यदि कसैले माथि भनिएअनुसार गर्याे भने परम शान्तिरूप फल अवश्य पाउँछ।।६२ ।।
गुरुगीतामिमां देवि हृदि नित्यं विभावय ।
महाव्याधिगतैर्दु:खै: सर्वदा प्रजपेत् मुदा ।।६३ ।।
हे देवि ! याे गुरुगीता सधैँ हृदयमा राख ।महाव्याधिजन्य दु: खहरूबाट पीडित भएकाले आनन्दपूर्वक जप्नु पर्दछ ।।६३ ।।
गुरुगीताक्षरेकैकं मन्त्रराजमिदं प्रिये ।
अन्ये च विविधा: मन्त्रा: कलां नार्हन्ति षाेडशीम् ।।६४ ।।
हे प्रिये ! गुरुगीताका एक एक अक्षर मन्त्रराज छन् ।अन्य अनेक मन्त्र छन् ती गुरुगीताका मन्त्रकाे तुलनामा साेह्रभागकाे एक भाग पनि हुँदैनन् ।।६४ ।।
अनन्तफलमाप्नाेति गुरुगीताजपेन तु ।
सर्वपापहरा देवि सर्वदारिद्र्यनाशिनी ।।६५ ।।
हे देवि! गुरुगीता जप गर्नाले अनन्त फल मिल्दछ ।गुरुगीताले सबै पाप हरण गर्दछ र सबै खालका दरिद्रताहरू नाश गर्दछ ।।६५ ।।
अकालमृत्युहन्त्री च सर्वसङ्कटनाशिनी ।
यक्षराक्षसभूतादिचाैरव्याघ्रविघातिनी ।।६६ ।।
सर्वाेपद्रवकुष्ठादिदुष्टदाेषनिवारिणी ।
यत् फलं गुरुसान्निध्यात् तत्फलं पठनाद् भवेत् ।।६७ ।।
गुरुगीताले सबै प्रकारका उपद्रवहरू कुष्ठ अादि दुष्टराेगहरूका दाेषहरूलाई निवारण गर्दछ ।श्रीगुरुका सान्निध्यबाट जुन फल प्राप्त हुन्छ त्याे फल गुरुगीता पाठ गर्नाले मिल्दछ ।।६७ ।।
महाव्याधिहरा सर्वविभूते: सिद्धिदा भवेत् ।
अथवा माेहने वश्ये स्वयमेव जपेत् सदा ।।६८ ।।
याे गुरुगीता पाठ गर्नाले महाव्याधि टाढा हुन्छन् ।ऐश्वर्यहरूकाे सिद्धि हुन्छ ।माेहनी वा वशीकरणका लागि आफैँले पाठ गर्नुपर्दछ ।।६८ ।।
माेहनं सर्वभूतानां बन्धमाेक्षकरं परम् ।
देवराज्ञां प्रियकरं राजानं वशमानयेत् ।।६९ ।।
गुरुगीता नियमित पाठ गर्ने व्यक्तिसङ्ग सबै प्राणी माेहित हुन्छन् ।ठूला बन्धनबाट पनि छुट्कारा पाइन्छ ।त्याे व्यक्ति देवराज इन्द्रकाे पनि प्रिय हुन्छ ।राजा उसका वशमा हुन्छन् ।।६९ ।।
मुखस्तम्भकरं चैव गुणानां च विवर्धनम् ।
दुष्कर्मनाशनं चैव तथा सत्कर्म सिद्धिदम् ।।७० ।।
गुरुगीताकाे पाठले शत्रुकाे मुख टालिदिन्छ ।शुभगुणहरू बढाउँछ ।दुष्कर्महरूलाई नाश गर्दछ र सत्कर्ममा सिद्धि दिन्छ ।।७० ।।
असिद्धं साधयेत् कार्यं नवग्रहभयापहम् ।
दु:स्वप्ननाशनं चैव सुस्वप्नफलदायकम् ।।७१ ।।
याे पाठ गर्नाले पूरा नभएका काम पूरा हुन्छन् ।नवग्रहकाे डर हटेर जान्छ ।नराम्रा सपनाकाे फल नष्ट भएर जान्छ।राम्रा सपनाकाे फल लाग्दछ ।।७१ ।।
माेहशान्तिकरं चैव बन्धमाेक्षकरं परम् ।
स्वरूपज्ञाननिलयं गीताशास्त्रमिदं शिवे ।।७२ ।।
हे शिवे ! याे गीताशास्त्र माेहशान्त गर्ने ठूला बन्धनबाट छुट्टि दिने स्वरूपज्ञानकाे भण्डार हाे ।।७२ ।।
यं यं चिन्तयते कामं तं तं प्राप्नाेती निश्चितम् ।
नित्यं साैभाग्यदं पुण्यं तापत्रयकुलापहम् ।।७३ ।।
मानिसहरू जुन जुन सङ्कल्प सिद्धिकाे अभिलाषा राखेर गुरुगीताकाे अनुष्ठान गर्दछन् । ती ती सङ्कल्पहरू अवश्य सिद्ध गर्दछन्।।याे गुरुगीता सधैँ पवित्र ,साैभाग्य प्रदान गर्ने ।आध्यात्मिक , आधिदैविक ,आधिभाैतिक सन्तापहरू शमन गर्न सक्षम छ ।।७३ ।।
सर्वशान्तिकरं नित्यं तथा वन्ध्यासुपुत्रदम् ।
अवैधव्यकरं स्त्रीणां साैभाग्यस्य विवर्धनम् ।।७४ ।।
याे गुरुगीताले सबैलाई शान्ति दिन्छ ।सन्तान नभएकी महिलाले सन्तान प्राप्त गर्छिन् ।सधवा नारीकाे वैधव्य दाेष हटेर जान्छ ।साैभाग्यशक्ति बढ्छ ।।७४ ।।
आयुराराेग्यमैश्वर्यं पुत्रपाैत्र प्रवर्धनम् ।
निष्कामजपी विधवा पठेन्माेक्षमवाप्नुयात् ।।७५ ।।
गुरुगीताका पुण्यले आयुष्य , आराेग्य ऐश्वर्य छाेरा ,नाति पनातिकाे वृद्धि हुन्छ । विधवाले निष्काम भावले विधिवत् जप पाठ गरिन् भने माेक्ष प्राप्ति गर्छिन् ।।७५ ।।
अवैधव्यं सकामा तु लभते चान्यजन्मनि ।
सर्वदु:खभयं विघ्नं नाशयेत्तापहारकम् ।।७६ ।।
सधवा नारीले सकामभावले गुरुगीताकाे अनुष्ठान गरिन् भने अर्काे जुनीमा पनि विधवा हुन पर्दैन ।उनका सबै दु: ख , त्रास ,विघ्न र सन्तापहरू नष्ट हुन्छन् ।।७६ ।।
सर्वपापप्रशमनं धर्मकामार्थमाेक्षदम् ।
यं यं चिन्तयते कामं तं तं प्राप्नाेति निश्चितम् ।।७७ ।।
याे गुरुगीता पाठ गर्नाले सबै प्रकारका पाप नियन्त्रणमा हुन्छन् ।धर्म ,अर्थ ,काम र माेक्षरूप पुरुषार्थ समेत सिद्ध हुन्छन् ।गुरुगीताकाे अनुष्ठानमा जे जे चिताइन्छ ती ती विषय वा पदार्थ अवश्य प्राप्त हुन्छन् ।।७७ ।।
लिखित्वा पूजयेद्यस्तु माेक्षश्रियमवाप्नुयात् ।
गुरुभक्तिर्विशेषेण जायते हृदि सर्वदा ।।७८ ।।
यदि कसैले गुरुगीता स्वयंले लेखेर पूजा गर्दछ भने लक्ष्मी र माेक्ष प्राप्ति हुन्छ ।हृदयमा विशेष खालकाे गुरुभक्ति जन्मन्छ ।।७८ ।।
जपन्ति शाक्ता: साैराश्च गाणपत्याश्च वैष्णवा: ।
शैवा: पाशुपता: सर्वे सत्यं सत्यं न संशय: ।।७९ ।।
शक्तिका ,सूर्यका ,गणपतिका ,भाेलेबाबाका,पशुपतिका उपासकहरूले गुरुगीताकाे अनुष्ठान गर्दछन् ।याे सत्य हाे, सत्य हाे यसमा सन्देह छैन ।।७८ ।।
जपं हीनासनं कुर्वन् हीनकर्मफलप्रदम् ।
गुरुगीतां प्रयाणे वा सङ्ग्रामे रिपुसङ्कटे ।।८० ।
जपन् जयमवाप्नाेति मरणे मुक्तिदायिका
सर्वकर्माणि सिद्ध्यन्ति गुरुपुत्रे न संशय: ।।८१ ।।
विना आसन गरेकाे जप हीनकर्म हुन्छ निष्फल हुन्छ ।शत्रुले घेरेका बेलामा गुरुगीता पढियाे भने आफ्नाे जीत हुन्छ ।मर्ने बेलामा जप गरेमा माेक्ष प्राप्त हुन्छ ।गुरुगीताकाे भर परे शिष्यका परमार्थका सबै काम सिद्ध हुन्छन् ।यसमा कुनै द्विविधा छैन ।।८०-८१।।
गुरुमन्त्राे मुखे यस्य तस्य सिद्ध्यन्ति नान्यथा ।
दीक्षया सर्वकर्माणि सिद्ध्यन्ति गुरुपुत्रके ।।८२ ।।
जसका मुखमा गुरुमन्त्र छ उसका सङ्कल्पहरू अनायास सिद्ध हुन्छन् ।दीक्षाव्रतकाे अनुपालनले गर्दा शिष्यले गरेका सबै कर्महरू सिद्ध हुन्छन् ।।८२ ।।
भवमूलविनाशाय चाष्टपाश निवृत्तये ।
गुरुगीताम्भसि स्नानं तत्त्वज्ञ: कुरुते सदा ।।८३ ।।
सर्वशुद्ध: पवित्राे$ साै स्वभावाद्यत्र तिष्ठति ।
तत्र देवगणा: सर्वे क्षेत्रपीठे चरन्ति च ।।८४।।
तत्त्वदर्शी पुरुष संसारकाे मूलकारण नष्ट गर्न ,संशय ,दया ,भय ,सङ्काेच ,निन्दा ,प्रतिष्ठा ,खानदान वंश परम्पराकाे अभिमान ,सम्पत्तिकाे माेहकाे बन्धनकाे डाेरी चटाकचुटुक पारेर छिनाल्न गुरुगीताकाे अमृतजलमा सधैँ स्नान गर्नुहुन्छ । यी नैसर्गिकरूपमा शुद्ध सदा पवित्र महापुरुष जहाँ बस्नुहुन्छ त्यहाँ सबै देवताहरू विचरण गर्नुहुन्छ ।।८३-८४ ।।
आसनस्था: शयाना वा गच्छन् तिष्ठन्ताे वा पुन: ।
अश्वारूढा: गजारूढा: सुषुप्ता जाग्रताे$ पि वा ।।८५ ।।
शूचिभूता ज्ञानवन्ताे गुरुगीतां जपन्ति ये।
तेषां दर्शनसंस्पर्शात् पुनर्जन्म न विद्यते ।।८६ ।।
आसनमा बसेका बेलामा , सुतिरहेका बेलामा ,हिँडिरहेका बेलामा ,बस्दै गर्दा ,घाेडामा चढेका बेलामा ,हात्तीमा चढेका बेलामा, जागिरहेका बेलामा ,सुषुप्तिमा पुगेका बेलामा पनि ज्ञानीजन पवित्रभावले गुरुगीता पढ्नुहुन्छ उहाँहरूकाे दर्शन स्पर्शनबाट पनि पुनर्जन्म हुँदैन ।।८५ – ८६ ।।
कुशदुर्वासने देवि ह्यासने शुभ्रकम्बले ।
उपविश्य तताे देवि जपेदेकाग्रमानस: ।।८७ ।।
हे देवि ! कुश र दुवाकाे आसनमाथि सेताे कम्बल आेच्छाएर त्यसमाथि बसेर मन एकाग्र बनाएर गुरुगीताकाे जप गर्नुपर्दछ ।।८७ ।।
शुक्लं सर्वत्र वै प्राेक्तं वश्ये रक्तासनं प्रिये ।
पद्मासने जपेन्नित्यं शान्तिवश्यकरं परम् ।।८८ ।।
सामान्यतया सेताे आसन सबै कर्ममा उचित हुन्छ ।वशीकरणमा राताे आसन आवश्यक हुन्छ ।शान्ति प्राप्तिका लागि र वशीकरण सिद्ध गर्नुपरेमा पद्मासनमा जप गर्नुपर्दछ ।।८८ ।।
वस्त्रासने च दारिद्र्यं पाषाणे राेगसम्भव: ।
मेदिन्यां दु: खमाप्नाेति काष्ठे भवति निष्फलम् ।।८९ ।।
कपडाकाे आसनमा बसेर जप गरियाे भने दरिद्रता बढ्छ ।ढुङ्गाकाे आसनमा बसेर जप गरेमा राेग लाग्न सक्दछ ।काठकाे आसनमा बसेर गरेकाे जप निष्फल हुन्छ ।।८९ ।।
कृष्णाजिने ज्ञानसिद्धि : माेक्षश्री व्याघ्रचर्मणि ।
कुशासने ज्ञानसिद्धि: सर्वसिद्धिस्तु कम्बले ।।९० ।।
काला मृगकाे छालामा र कुशासनमा बसेर जप गर्दा ज्ञानसिद्धि हुन्छ ।बाघकाे छालामा बेर जप गर्दा माेक्षसिद्ध हुन्छ ।कम्बलकाे आसनमा बसेर जप गरेमा सर्वसिद्धि हुन्छ ।।९० ।।
आग्नेय्यां कर्षणं चैव वायव्यां शत्रुनाशनम् ।
नैऋत्यां दर्शनं चैव ऐशान्यां ज्ञानमेव च ।।९१ ।।
आग्नेय काेणतर्फ फर्केर जप पाठ गर्नाले आकर्षण शक्ति बढ्छ ।वायव्य तर्फ फर्कर जप पाठ गर्दा शत्रुहरूकाे नाश हुन्छ ।नैऋत्य काेणतर्फ फर्केर जप पाठ गर्दा आत्मदर्शन हुन्छ ।ऐशान्य काेणतर्फ फर्केर जप पाठ गर्ला ब्रह्मज्ञान प्राप्त हुन्छ ।।९१ ।।
उदङ्मुख: शान्तिजाप्ये वश्ये पूर्वमुखस्तथा ।
याम्ये तु मारणं प्राेक्तं पश्चिमे तु धनागम: ।।९२ ।।
उत्तरमुख गरेर पाठ गर्दा शान्ति मिल्छ ।पूर्वमुख गरेर पाठ गर्दा वशीकरण सिद्ध हुन्छ ।दक्षिणमुख गरेर पाठ गर्दा मारणकर्म सिद्ध हुन्छ ।पश्चिम मुख गरेर पाठ गर्दा धनप्राप्ति हुन्छ ।।
यसरी स्कन्दपुराणकाे उत्तरखण्डमा उमामहेश्वर संवादरूप गुरुगीताकाे दाेस्राे अध्यायकाे नेपालीकाे सारदाटीका पूरा भयाे ।।
।।अथ तृतीयाे$ध्याय: ।।
अथ काम्यजपस्थानं कथयामि वरानने ।
सागरान्ते सरित्तीरे तीर्थे हरिहरालये ।।१ ।।
शक्तिदेवालये गाेष्ठे सर्वदेवालये शुभे ।
वटस्यधात्र्यामूले वा मठे वृन्दावने तथा ।।२ ।।
पवित्रे निर्मले देशे नित्यानुष्ठानताे$ पि वा ।
निर्वेदनेन माैनेन जपमेतत् समारभेत् ।।३ ।।
हे सुमुखी ! अब सकामी भक्तहरूका लागि जप पाठ गर्ने स्थानका विषयमा वर्णन गर्दछु ।समुद्रकाे छेउमा ,नदीकाे किनारमा ,तीर्थस्थलमा ,शिवालयमा , भगवान नारायणका मन्दिरहरूमा ,शक्तिपीठमा , गाैशालामा ,सुन्दर देवालयहरूमा ,वरकाे वा अमलाकाे बाेटमुनि ,मठमा ,तुलसीकाे बगैँचामा ,पवित्र सफा ठाउँमा दैनिक अनुष्ठानका रूपमा आशक्तिकाे परित्याग गरेर माैनी भएरगुरुगीताकाे जप आरम्भ गर्नुपर्दछ ।।१-३ ।।
जाप्येन जयमाप्नाेती जपसिद्धि फलं तथा ।
हीनकर्म त्यजेत् सर्वं गर्हितस्थानमेव च ।।४ ।।
गुरुगीताकाे जपबाट विजय प्राप्त हुन्छ ।जपसिद्धिरूप फल मिल्दछ ।गुरुगीताकाे अनुष्ठान गर्ने बेलामा नीचकर्म र निन्दित स्थानकाे परित्याग गर्नुपर्दछ ।।४ ।।
श्मशाने बिल्वमूले वा वटमूलान्तिके तथा ।
सिद्ध्यन्ति कानने मूले चूतवृक्षस्य सन्निधाै ।।५ ।।
श्मशानघाटमा ,बेलका फेदमा ,वरका नजिक ,आँक र आँपका बाेटका अगाडि जप गर्दा चाँडै सिद्धि मिल्दछ ।।५ ।।
आकल्पजन्मकाेटीनां यज्ञव्रततप: क्रिया: ।
ता: सर्वा: सफला देवि गुरुसन्ताेषमात्रत: ।।६ ।।
हे देवि ! कल्पपर्यन्तका कराेडाैँ जन्मबाट अभ्यास गरिएका यज्ञ व्रत तपस्या र शास्त्राेक्त कर्महरू गुरुदेव सन्ताेष भएमात्रै सफल हुन्छन् ।।६ ।।
मन्दभाग्या: ह्यशक्ताश्च ये जना नानुमन्यते ।
गुरुसेवासु विमुखा: पच्यन्ते नरके$ शुचाै ।।७ ।।
मलिन भाग्यवाला ,कमजाेर अवस्थाका गुरुसेवाबाट विमुख भएका जुन मानिसहरू याे उपदेश अङ्गीकार गर्दैनन् ।तिनीहरू अपवित्र नरकमा पच्छन् ।।७ ।।
विद्या धनं बलं चैव येषां भाग्यं निरर्थकम् ।
येषां गुरुकृपा नास्ति अधाेगच्छन्ति पार्वति ।।८ ।।
हे पार्वति जसमा गुरुकृपा छैन तिनीहरूकाे विद्या धन ,बल,र भाग्य अर्थहीन हुन्छ ।उनीहरू उँधाे लाग्छन् ।।८ ।।
धन्या माता पिता धन्याे गाेत्रं धन्यं कुलाेद्भव: ।
धन्या च वसुधा देवि यत्र स्याद् गुरुभक्तता ।।९ ।।
जसका हृदयमा गुरुभक्ति छ ,उहाँकी आमा ,बुवा दुवै धन्य हुनुहुन्छ ।त्यस कुलपरम्परामा जन्म लिन पाएकाहरू समेत धन्य हुनुहुन्छ ।जुन माटाेमा गुरुभक्ति माैलाउँछ ती धर्तीमाता पनि धन्य हुनुहुन्छ ।।९ ।।
शरीरमिन्द्रियं प्राणञ्चार्थ: स्वजनबन्धुता ।
मातृकुलं पितृकुलं गुरुरेव न संशय: ।।१० ।।
शरीर ,इन्द्रियहरू ,प्राण ,,धन ,आफन्त बन्धुबान्धव ,मातृकुल ,पितृकुल सबै गुरुदेवका स्वरूप हुन् ।यसमा संशय छैन ।१० ।।
गुरुर्देवाे गुरुर्धर्माे गुराै निष्ठा परं तप:।
गुराे: परतरं नास्ति त्रिवारं कथयामि ते ।।११ ।।
गुरु नै देव हुनुहुन्छ ।गुरु धर्म हुनुहुन्छ ।गुरुमा निष्ठा हुनु ठूलाे तपस्या हाे ।गुरुभन्दा ठूलाे केही छैन ।याे मैले तीनपटक भन्दछु ।।११ ।।
समुद्रे वै यथा ताेयं क्षीरे क्षीरं घृते घृतम् ।।
भिन्ने कुम्भे यथाकाशं तथात्मा परमात्मनि ।।१२ ।।
जसरी सागरमा पानी ,दूधमा दूध र घिउमा घिउ ,घैैँटामा आकाश अलग अलगरूपमा रहँदैनन् ।त्यसरी नै परमात्मा र जीव एक रअभिन्न छन् ।।१२ ।।
तथैव ज्ञानवान् जीव: परमात्मनि सर्वदा ।
ऐक्येन रमते ज्ञानी यत्र कुत्र दिवानिशम् ।।१३ ।।
त्यसरी नै ज्ञानी पुरुष , परमात्मासङ्ग एकाकार भएर रातदिन आनन्दविभाेर भएर जहाँजस्ताे अवस्थामा बसे पनि रमाउँछ ।।१३ ।।
गुरुसन्ताेषणादेव मुक्ताे भवति पार्वति।
अणिमादिषु भाेक्तृतब कृपया देवि जाप्यते ।।१४ ।।
हे पार्वति! गुरुदेवलाई सन्तुष्ट बनाएमा शिष्य मुक्त हुन्छ ।हे देवि ! अणिमादि सिद्धिहरूकाे भाेग प्राप्ति हुन्छ ।।१४ ।।
साम्येन रमते ज्ञानी दिवा वा यदि वा निशि ।
एवं विधाे महामाैनी त्रैलाेक्यसमतां व्रजेत् ।।१५ ।।
ज्ञानी दिनमा वा रातमा सदा सर्वदासमत्वमा रमण गर्दछन् ।यस्ता प्रकारका महामाैनी अर्थात् ब्रह्मनिष्ठ महात्मा तीनै लाेकमा समानभाव गति प्रदान गर्दछन् ।।१५ ।।
गुरुभाव: परं तीर्थमन्यतीर्थं निरर्थकम् ।
सर्वतीर्थमयं देवि श्रीगुराेश्चरणाम्बुजम् ।।१६ ।।
गुरुभक्ति नै सबैभन्दा श्रेष्ठ तीर्थ हाे ।अन्य तीर्थ निरर्थक छन्।श्रीगुरुदेवका चरणकमल सर्वतीर्थमय छन् ।।१६ ।।
कन्याभाेगरतामन्दा: स्वकान्ताया: पराङ्मुखा: ।
अत: परं मया देवि कथितन्न मम प्रिये ।।१७ ।।
कन्याभाेगमा लम्पट बनेका ,मूर्ख स्वभाव भएका ,आफ्नी श्रीमतीबाट बिच्केका मानिसहरूलाई मेराे याे आत्मप्रिय परमबाेध मैले उपदेश गरेकाे छैन ।।१७ ।।
अभक्ते वञ्चके धूर्ते पाखण्डे नास्तिकादिषु ।
मनसापि न वक्तव्या गुरुगीता कदाचन ।।१८ ।।
अभक्त ,ठग ,कपटी ,ढाेँगी ,नास्तिक इत्यादिलाई याे गुरुगीता उपदेश गर्ने कुरा मनले कदापि साेच्न पनि हुँदैन ।।१८ ।।
गुरवाे बहव: सन्ति शिष्यवित्तापहारका: ।
तमेकं दुर्लभं मन्ये शिष्यहृत्तापहारकम् ।।१९ ।।
शिष्यकाे धन अपहरण गर्ने गुरु धेरै हुन्छन् तर शिष्यका हृदयका सन्ताप हरण गर्ने गुरु दुर्लभ हुनुहुन्छ भन्ने मान्दछु ।।१९ ।।
चातुर्यवान् विवेकी च अध्यात्मज्ञानवान् शुचि: ।।
मानसं निर्मलं यस्य गुरुत्वं तस्य शाेभते ।।२० ।।
जसमा चातुर्य ,विवेक ,अध्यात्मकाे अनुभव छ,पवित्रता र निर्मल मन छ त्यस्ता गुरुमा गुरुत्व चम्कन्छ ।।२० ।।
गुरवाे निर्मला: शान्ता: साधवाे मितभाषिण: ।
कामक्राेधविनिर्मुक्ता: सदाचारा: जितेन्द्रिया: ।।२१ ।।
गुरुहरू निर्मल ,शान्त ,साधु स्वभावका ,मितभाषी ,काम क्राेधका पञ्जाबाट छुटेका सदाचारी जितेन्द्रिय हुनुहुन्छ ।।२१ ।।
सूचकादि प्रभेदेन गुरवाे बहुधा स्मृता:।
स्वयं सम्यक् परीक्ष्याथ तत्त्वनिष्ठं भजेत्सुधी: ।।२२ ।।
सूचक आदिका भेदअनुसार गुरुका अनेक भेद मानिएकाे छ ।बुद्धिमान् मुमुक्षुले आफैले परीक्षण गरेर तत्त्वनिष्ठ सद्गुरुकाे शरण ग्रहण गर्नुपर्दछ ।।२२ ।।
वर्णजालमिदं तद्वद् बाह्यशास्त्रं तु लाैकिकम् ।
यस्मिन् देवि समभ्यस्तं स गुरु: सूचक: स्मृत: ।।२३ ।।
हे वर्ण र अक्षरहरूबाट ब्रह्म सिद्ध गर्ने बाह्य लाैकिक शास्त्रहरूकाे जसले राम्राे अभ्यास गर्नुभएकाे छ त्यस्ता गुरुलाई सूचक गुरु भनिन्छ ।।२३ ।।
वर्णाश्रमाेचितां विद्यां धर्मनधर्मविधायिनीम् ।
प्रवक्तारं गुरुं विद्धि वाचकस्त्विति पार्वति ।।२४ ।।
हे पार्वति! धर्म र अधर्मकाे विचार गर्ने वर्ण रआश्रमका मर्यादा अनुरूप अध्यात्मशास्त्रकाे प्रवचन गर्ने गुरुलाई तिमीले वाचक गुरु भनेर बुझ्नु ।।२४ ।।
पञ्चाक्षर्यादिमन्त्राणामुपदेष्टा तु पार्वति ।
स गुरुर्बाेधकाे भूयादुभयाेरयमुत्तम: ।।२५ ।।
पञ्चाक्षरी अादि मन्त्रहरूकाे दीक्षा दिने गुरुलाई बाेधक गुरु भनिन्छ ।हे पार्वति! पहिलाका दुई प्रकारका गुरुहरूभन्दा बाेधक गुरु उत्तम हुनुहुन्छ ।।२५ ।।
माेहमारणवश्यादितुच्छमन्त्राेपदर्शिनम् ।
निषिद्धगुरुरित्याहु: पण्डितास्तत्त्वदर्शिन: ।।२६ ।।
माेहन ,मारण ,वशीकरण आदि तुच्छ मन्त्रहरूकाे उपदेश दिने गुरुलाई तत्त्वदर्शी पण्डितहरूले निषिद्ध गुरुकाे संज्ञा दिनुभएकाे छ।।२६ ।।
अनित्यमिति निर्दिश्य संसारे सङ्कटालयम् ।
वैराग्यपथदर्शी य: स गुरुर्विहित: प्रिये ।।२७ ।।
हे प्रिये! संसार अनित्य र दु: खहरूकाे घर हाे भन्ने तथ्य बुझाएर जसले वैराग्यकाे बाटाे देखाइदिनुहुन्छ ।त्यस्ता गुरुलाई विहित गुरु भनिन्छ ।।२७ ।।
तत्त्वमस्यादि वाक्यानामुपदेष्टा तु पार्वती ।
कारणाख्याे गुरु: प्राेक्ताे भवराेग निवारक: ।।२८ ।।
हे पार्वति! तत्त्वमसि आदि महावाक्यकाे तथा संसाररूपी राेग निवारण गर्ने गुरुलाई कारणाख्य गुरु भनिन्छ ।।२८ ।।
सर्वसन्देहसन्दाेहनिर्मूलनविचक्षण: ।
जन्ममृत्युभयघ्नाे य: स गुरु : परमाे मत: ।।२९ ।।
जाे सबै किसिमका शङ्काहरू जरैबाट उखेलेर फेरि नउम्रने तरिकाले व्यवस्थापन गर्न चतुर हुनुहुन्छ ।जसले जन्म मृत्युकाे डर नष्ट गरिदिनुहुन्छ ।यस काेटीका गुरुलाई परमगुरु वा सद्गुरु मानिन्छ ।।२९ ।।
बहुजन्मकृतात् पुण्याल्लभ्यते$ साै महागुरु: ।
लब्ध्वा$ मुं न पुनर्याति शिष्य: संसारबन्धनम् ।।३० ।।
अनेक जन्ममा गरेका पुण्यका प्रतापले यस्ता महापुरुषकाे प्राप्ति हुन्छ ।महापुरुषसँग भेटघाट भइसकेपछि शिष्य फेरि संसाररूपी साङ्लाेमा बाँधिदैन ।अर्थात् मुक्त हुन्छ ।।३० ।।
एवं बहुविधा लाेके गुरव: सन्ति पार्वति ।
तेषु सर्वप्रयत्नेन सेव्याे हि परमाे गुरु: ।।३१ ।।
हे पार्वति! यस प्रकार संसारमा अनेकप्रकारका गुरुहरू हुनुहुन्छ । उहाँहरूमा पनि आफ्नाे सारा शक्ति लगाएर सेवा गर्नुपर्दछ ।।३१ ।।
पार्वत्युवाच
स्वयं मूढा मृत्युभीता : सुकृतात् विरतिं गता: ।
दैवान्निषिद्धगुरुगा यदि तेषां तु का गति: ।।३२ ।।
पार्वतीले भन्नुभयाे – स्वयं मूर्ख ,मृत्युका डरबाट भयभीत ,सत्कर्म नरुचाउने उल्टाे बाटाेमा हिँडेका व्यक्तिहरूले यदि दैवयाेगबाट निषिद्ध गुरुकाे सेवा आश्रयमा रहे भने उनीहरूकाे कस्ताे गति हुन्छ।।३२ ।।
श्रीमहादेव उवाच
निषिद्धगुरुशिष्यस्तु दुष्टसङ्कल्पदूषित: ।
ब्रह्मप्रलयपर्यन्तं न पुनर्याति मर्त्यताम् ।।३३ ।।
श्रीमहादेव भन्नुहुन्छ- दुष्ट सङ्कल्पहरूका दाेषहरूबाट निषिद्ध गुरुशिष्य ग्रसित भएकाले ब्रह्मप्रलयसम्म उनीहरू मानव शरीरमा फर्केर आउँदैनन् ।।३३ ।।
श्रृणु तत्तवमिदं देवि यदास्याद्विरताे नर: ।
तदा$सावधिकारीति प्राेच्यते श्रुतिमस्तकै : ।।३४ ।।
हे देवि! गुरुतत्त्व सुन ।जतिबेला मानिस विरक्त हुन्छ ।त्यतिबेला अधिकारी बन्छ ।दैवी प्रेरणाबाट गुरु प्राप्त हुने अलग कुरा हाे भने विचारबाट गुरु चुन्ने अलग कुरा हाे भनेर बुझ्नुपर्दछ ।।३४ ।।
अखण्डैकरसं ब्रह्म नित्यमुक्तं निरामयम् ।
स्वस्मिन् सन्दर्शितं येन स भवेदस्य देशिक: ।।३५ ।।
अखण्ड एकरस नित्यमुक्त र निरामय ब्रह्मलाई जसले आफूभित्र देखाउनुहुन्छ उहाँ नै गुरु हुनुहुन्छ ।।३५ ।।
जलानां सागराे राजा यथा भवति पार्वति ।
गुरूणां तत्र सर्वेषां राजा$ यं परमाे गुरु: ।।३६ ।।
हे पार्वति! जसरी जलाशयहरूकाे राजा समुद्र हुन्छ ।त्यसरी नै सबै गुरुहरूका राजा परमगुरु हुनुहुन्छ ।।३६ ।।
माेहादिरहित: शान्ताे नित्यतृप्ताे निराश्रय: ।
तृणीकृत्यब्रह्मविष्णु वैभव: परमाे गुरु: ।।३७ ।।
माेह आदि दाेषहरूबाट अलग्ग बस्नुभएका ,शान्त ,सधैँ सन्तुष्ट कसैकाे आश्रयमा न रहनुभएका ब्रह्मा विष्णुकाे वैभवलाई घाँसकाे त्यान्द्राेजस्तै ठान्ने गुरु नै परमगुरु हुनुहुन्छ ।।३७ ।।
सर्वकालविदेशेषु स्वतन्त्राे निश्चलस्सुखी ।
अखण्डैकरसास्वादतृप्ताे हि परमाे गुरु: ।।३८ ।।
द्वैताद्वैतविनिर्मुक्त: स्वानुभूतिप्रकाशवान् ।
अज्ञानान्धतमश्छेत्ता सर्वज्ञ: परमाे गुरु: ।।३९ ।।
द्वैत र अद्वैतबाट मुक्त,आफ्नाे अनुभवरूपी प्रकाशद्वारा प्रकाशित , अज्ञानरूपी अन्धकार छिनाल्ने सर्वज्ञ गुरु परम गुरु हुनुहुन्छ ।।३९ ।।
यस्य दर्शनमात्रेण मनस: स्यात् प्रसन्नता ।
स्वयं भूयात् धृतिश्शान्ति: स भवेत् परमाे गुरु: ।।४० ।।
जसका दर्शनले मात्र मन प्रसन्न हुन्छ ।स्वत: धैर्य र शान्तिले वरण गर्दछ त्यस किसिमका गुरु परम गुरु हुनुहुन्छ ।। ४०।।
स्वशरीरं शवं पश्यन् तथा स्वात्मानमद्वयम् ।
य: स्त्रीकनकमाेहघ्न: स भवेत् परमाे गुरु: ।।४१ ।।
जसले आफ्नाे शरीरलाई लासजस्तै देख्नुहुन्छ ।आफूलाई अद्वैत ब्रह्म मान्नुहुन्छ ।नारी र सुनमा गडेकाे माेह नष्ट गरिदिनु हुन्छ ।उहाँ परम गुरु हुनुहुन्छ ।।४१ ।।
माैनी वाग्मीति तत्त्वज्ञाे द्विधाभूच्छृणु पार्वति!
न कश्चिन्माैनिना लाेके$ स्मिन् भवति प्रिये ।।४२ ।।
वाग्मी तूत्कटसंसार सागराेत्तारणक्षम: ।
यताे$ साै संशयच्छेत्ता शास्त्रयुक्त्यनुभूतिभि: ।।४३ ।।
हे पार्वति! सुन।तत्त्वज्ञ दुई प्रकारका छन्- माैनी र वक्ता ।माैनी गुरुबाट कुनै लाभ हुँदैन ।वक्ता गुरु भयङ्कर संसार सागरबाट तार्न समर्थ हुन्छन्।किनभने यी गुरु शास्त्र ,उपाय र अनुभूतिहरूद्वारा शङ्काहरू छिनाल्नु हुन्छ ।।४२- ४३ ।।
गुरुनामजपाद्देवि बहुजन्मार्जितान्यपि ।
पापानि विलयं यान्ति नास्ति सन्देहमण्वपि ।।४४ ।।
हे देवि! गुरुबाट पाएकाे नामजपबाट अनेक जन्महरूमा एकत्रित भएका पापहरू नष्ट हुन्छन् ।यसमा अणुसम्म पनि शङ्का छैन ।।४४ ।।
कुलं धनं बलं शास्त्रं बान्धवा: साेदरा इमे ।
मरणे नाेपयुज्यन्ते गुरुरेकाे हि तारक: ।।४५ ।।
कुल धन बल शास्त्र ,नालनाता ,बन्धुबान्धव ,दाजुभाई ,दिदी बहिनी ,यी सबै मर्ने बेलामा काममा आउँदैनन् ।गुरुदेवमात्र उद्धारक हुनुहुन्छ ।तारणहार हुनुहुन्छ ।।४५ ।।
कुलमेव पवित्रं स्यात् सत्यं स्वगुरुसेवया ।
तृप्ता: स्युस्सकला देवा ब्रह्माद्या गुरुतर्पणात् ।।४६ ।।
गुरुदेवकाे सच्चा सेवाद्वारा कुल नै पवित्र हुन्छ।गुरुदेवका तर्पणबाट ब्रह्मा आदि गरिएका सबै देवता तृप्त हुन्छन् ।।४६ ।।
स्वरूपज्ञानशून्येन कृतमप्यकृतं भवेत् ।
तपाे जपादिकं देवि सकलं बालजल्पवत्।।४७ ।।
हे देवि! स्वरूपकाे बाेध नगरिकन गरिएका जप तपादि शुभकर्महरू पनि नगरे बराबर हुन्छ ।बच्चाकाे गफजस्ताे निरर्थक हुन्छ ।।४७ ।।
न जानन्ति परं तत्त्वं गुरुदीक्षापराङ्मुखा: । भ्रान्ता: पशुसमा ह्येते स्वपरिज्ञानवर्जिता: ।।४८ ।।
गुरुदीक्षाबाट वञ्चित भएका मानिसहरूले परमतत्त्वकाे अनुभूति गर्न सक्दैनन् ।आफ्नाे स्वरूपकाे बाेध नभएका यिनीहरू भँडुवा पशुजस्ता हुन्छन् ।।४८ ।।
तस्मात् कैवल्यसिद्ध्यर्थं गुरुमेव भजेत् प्रिये । गुरुं विना न जानन्ति मूढास्तत्परमं पदम् ।।४९।।
त्यसकारण हे प्रिये!कैवल्य सिद्धिका लागि गुरुभजन ,सेवा,सुश्रुषा गर्नुपर्दछ ।गुरु विना मूढजन त्याे परमतत्त्वकाे अनुभूति गर्न सक्दैनन् ।।४९।।
भिद्यते हृदयग्रन्थिश्छिद्यन्ते सर्वसंशया: । क्षीयन्ते चास्यकर्माणि गुराे: करुणया शिवे ।।५० ।।
हे शिवे! गुरुदेवका कृपा प्रसादबाटअनादि कालदेखि हृदयमा परेकाे गाँठाे फुक्दछ ।सबै शङ्का छिन्न भिन्न हुन्छन् ।सबै कर्म नष्ट हुन्छन् ।।५० ।।
कृताया: गुरुभक्तेस्तु वेदशास्त्रानुसारत: । मुच्यते पातकात् घाेराद् गुरुभक्ताे विशेषत: ।।५१ ।।
वेद शास्त्रहरूका निर्देशनअनुसार उत्तमकाेटिकाे गुरुभक्ति गरेकाे गुरुभक्त अघाेर पापबाट मुक्त हुन्छ  ।।५१ ।।
दु: सङ्गं च परित्यज्य पापकर्म परित्यजेत् । चित्तचिह्नमिदं यस्य तस्य दीक्षा विधीयते ।।५२ ।।
दुर्जनहरूकाे संसर्ग त्यागेर पापाचरण छाेड्नुपर्दछ ।जसका चित्तमा यस्ताे लक्षण देखिन्छ ।त्यस्ताे पात्रलाई दीक्षा दिने विधान छ ।।५२ ।।
चित्तत्यागनियुक्तश्च क्राेधगर्वविवर्जित: । द्वैतभावपरित्यागी तस्य दीक्षा विधीयते ।।५३ ।।
जाे यी लक्षणहरूबाट युक्त छ ,प्राणीमात्रकाे कल्याणमा तल्लीन छ ,जसकाे मन सफा भएकाे छ त्यस्ता व्यक्तिलाई गुरुदीक्षा दिइन्छ ।।५३ ।।
एतल्लक्षणसंयुक्तं सर्वभूतहिते रतम् । निर्मलं जीवितं यस्य तस्य दीक्षा विधीयते ।।५४ ।।
हे देवि! जसकाे चित्त अत्यन्त परिपक्व भइसकेकाे छजाे श्रद्धा भक्तिसम्पन्न छ त्यस्ताे व्यक्तिलाई याे गुरुगीता सधैँ मेराे खुशीका लागि भन्नुपर्दछ ।।५४ ।।
अत्यन्तपक्वचित्तस्य श्रद्धाभक्तियुतस्य च । प्रवक्तव्यमिदं देवि ममात्मप्रीतये सदा ।।५५ ।।
सत्कर्मकाे परिपाकबाट चित्त शुद्ध भएकाे बुद्धिमान साधकहरूका लागि परिश्रम प्रयास गरेर गुरुगीताकाे उपदेश दिनुपर्दछ ।।५५ ।।
सत्कर्मपरिपाकाच्च चित्तशुद्धस्यधीमत: । साधकस्यैव वक्तव्या गुरुगीता प्रयत्नत: ।।५६ ।।
नास्तिक ,कृतघ्न ,दम्भी ,मूर्ख , अभक्त ,भेदबुद्धि भएकालाई गुरुगीता कहिल्यै पनि भन्न हुँदैन ।।५६ ।।
नास्तिकाय कृतघ्नाय दाम्भिकाय शठाय च ।अभक्ताय विभक्ताय न वाच्येयं कदाचन ।।५७ ।।
एकाक्षरप्रदातारं याे गुरुर्नैव मन्यते ।श्वानयाेनिशतं गत्वा चाण्डालेष्वपि जायते ।।५७ ।।
स्त्रीलाेलुपाय मूर्खाय कामाेपहतचेतसे ।निन्दकाय न वक्तव्या गुरुगीता स्वभावत: ।।५८ ।। स्त्रीलम्पट ,शठ , कामवासनाबाट चित्तग्रस्त भएका र निन्दकलाई गुरुगीता बिल्कुल भन्न हुँदैन ।।५८ ।।
एकाक्षरप्रदातारं याे गुरुर्नैव मन्यते ।श्वानयाेनिशतं गत्वा चाण्डालेष्वपि जायते ।।५९ ।।
एक अक्षरकाे पनि उपदेश गर्ने गुरुलाई जसले मान्दैन त्याे सयजन्मसम्म कुकुर भएर फेरि चाण्डाल भएर जन्मन्छ ।।५९ ।।
गुरुत्यागात् भवेन्मृत्युर्मन्त्रत्यागाद्दरिद्रता ।गुरुमन्त्रपरित्यागी राैरवं नरकं व्रजेत् ।।६० ।। गुरुत्याग गर्नाले मृत्यु हुन्छ ।गुरुमन्त्रकाे जप छाेड्दा दरिद्रता आउँछ । गुरु र मन्त्र त्याग गर्ने शिष्य नरकमा जान्छ ।।६० ।।
शिवक्राेधात् गुरुस्त्राता गुरुक्राेधाच्छिवाे न हि ।
तस्मात् सर्वप्रयत्नेन गुराेराज्ञां न लङ्घयेत् ।।६१ ।।
भगवान शङ्कर रिसाएका बेलामा गुरुदेवले रक्षा गर्नुहुन्छ तर गुरुदेवकाे क्राेध शान्त गर्न भगवान शङ्करले पनि सक्नुहुन्न ।त्यसकारण भारी प्रयत्न गरेर भए पनि गुरुआज्ञा पालना गर्नुपर्दछ ।।६१ ।।
सप्तकाेटिमहामन्त्राश्चित्तविभ्रंशकारका: ।
एक एव महामन्त्राे गुरुरित्यक्षरद्वयम् ।।६२ ।।
चित्त भाँड्ने सात कराेड महामन्त्र छन् केवल दुई अक्षर भएकाे गुरुमन्त्र भवसागर तार्न सक्षम छ ।।६२ ।।
न मृषा स्यादियं देवि मदुक्ति: सत्यरूपिणी ।
गुरुगीतासमं स्ताेत्रं नास्ति नास्ति महीतले ।।६३ ।।
हे देवि! मेराे याे वचन कहिल्यै झूटाे न हाेस्।पृथ्वीतलमा गुरुगीता बराबर अन्य कुनै स्ताेत्र छैन ।।६३ ।।
गुरुगीतामिमां देवि भवदु: ख विनाशिनीम् ।
गुरुदीक्षाविहीनस्य पुरताे न पठेत् क्वचित् ।।६४ ।।
पार्वति! भवदु: ख विनाश गर्ने याे गुरुगीता गुरुदीक्षा ग्रहण न गरेका मानिसका अगाडि कहीँ पनि पढ्न हुँदैन ।।६४ ।।
रहस्यमत्यन्तरहस्यमेतन्न पापिना लभ्यमिदं महेश्वरि ।
अनेकजन्मार्जितपुण्यपाकात् गुुराेस्तु तत्त्वं लभते मनुष्य: ।।६५ ।।
हे महेश्वरि! याे अत्यन्त गुप्त रहस्य छ ।पापीहरूले पाउँदैनन् ।अनेक जन्ममा गरेका पुण्यका परिपाकबाट मानिसले गुरुतत्त्वकाे लाभ गर्दछ ।।६५ ।।
सर्वतीर्थावगाहस्य सम्प्राप्नाेति फलं नर: ।
गुराे: पादाेदकं पीत्वा शेषं शिरसि धारयन् ।।६६ ।।
गुरुदेवकाे चरणामृत पिउनाले र चरणाेदक शिरमा धारण गर्नाले मनुष्यलाई सबै तीर्थहरूमा स्नान गरेकाे फल मिल्दछ ।।६६ ।।
गुरुपादाेदकं पानं गुराेरुच्छिष्टभाेजनम् ।
गुरुमूर्ते: सदा ध्यानं गुराेर्नाम्न: सदा जप: ।।६७ ।।
गुरुदेवकाे चरणामृत पान गर्नु ,गुरुदेवले भाेजन गरेर बचेकाे शेष अन्नकाे सेवन गर्नु,गुरुदेवका मूर्तिकाे ध्यान गर्नु र सधैँ गुरुबाट प्राप्त मन्त्रकाे जप गर्नुपर्दछ ।।६७ ।।
गुरुरेकाे जगत्सर्वं ब्रह्मविष्णुशिवात्मकम्।
गुराे: परतरं नास्ति तस्मात् सम्पूजयेत् गुरुम् ।।६८ ।।
ब्रह्मा विष्णु र महेश्वरसहित समग्र जगत् गुरुदेवमा समाविष्ट छ। अर्थात् सबै गुरुदेवकाे प्रतिकृति हाे गुरुदेवभन्दा श्रेष्ठ अरू केही छैन ।त्यसकारण श्रीगुरुदेवकाे पूजा गर्नपर्दछ ।।६८ ।।
ज्ञानं विना मुक्तिपदं लभ्यते गुरुभक्तित: ।
गुराे: समानताे नान्यत् साधनं गुरुमार्गिणाम् ।।६९ ।।
अनन्य गुरुभक्तिबाट ज्ञान नभए पनि मुक्तिपद पाइन्छ ।गुरुमार्गीहरूका लागि गुरु समान अन्य कुनै साधन छैन ।।६९ ।।
गुराे: कृपाप्रसादेन ब्रह्मविष्णुशिवादय: ।।
सामर्थ्यमभजन् सर्वे सृष्टिस्थित्यन्त कर्मणि ।।७० ।।
गुरुका कृपा प्रसादबाट ब्रह्मा विष्णु र शिव अादिले जगतकाे सृष्टि स्थिति र लय गर्ने सामर्थ्य प्राप्त गर्नुभयाे ।।७० ।।
मन्त्रराजमिदं देवि गुरुरित्यक्षरद्वयम् ।
स्मृतिवेदपुराणानां सारमेव न संशय: ।।७१ ।।
हे देवि! गुरु याे दुई अक्षरकाे मन्त्र सबै मन्त्रहरूकाे राजा हाे ।वेद ,स्मृति र पुराणहरूकाे सार हाे।यसमा संशय छैन ।।७१ ।।
यस्यप्रसादादहमेव सर्वं
मय्येव सर्वं परिकल्पितञ्च ।
इत्थं विजानामि सदात्मरूपं
तस्याङ्घ्रिपद्मं प्रणताे$ स्मि नित्यम् ।।७२ ।।
जसका कृपा प्रसादबाट सबै म हुँ ,ममा नै सबै कल्पित छ,म सदा आत्मरूप हुँ भन्ने अनुभव गरेकाे छु ती सद्गुरुका युगलचरणमा नित्य प्रणाम गर्दछु ।।७२ ।
अज्ञानतिमिरान्धस्य विषयाक्रान्तचेतस: ।।
ज्ञानप्रभाप्रदानेन प्रसादं कुरु मे प्रभाे ।।७३ ।।
हे प्रभाे! अज्ञानरूपी अन्धकारले अन्धाे भएकाले विषयहरूबाट चित्त आक्रान्त भएकाे मलाई ज्ञानप्रकाश दिएर कृपा गर्नुहाेस् ।।७३ ।।
यसरी स्कन्दपुराणकाे उत्तरखण्डमा उमामहेश्वर संवादरूप श्रीगुरुगीताकाे नेपालीकाे सारदाटीका पूरा भयाे।।
।।तत्सत् ब्रह्मार्पणमस्तु ।।
ज्येष्ठ शुक्लपूर्णिमा -२०७८, रामकाेटधाम,बागलुङ।