दुर्गाफाट सबस्टेशनको उद्धघाटनमा मन्त्री रायमाझीले भने ‘नौमुरे जलविद्युत तत्काल अगाडी बढ्छ’

329

घनश्याम पौडेल
अर्घाखाँची, २३ पुस । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोप बहादुर रायमाझीले उर्जा क्षेत्रमा नेपालले ठुलो फड्को मारिसकेको बताएका छन् । पहिले विद्युत नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता हालौं भन्ने स्थितीमा पुगेको बताएका छन । २०७२ सालमा ९ महिने सरकारमा मन्त्री हुँदा आफु पहिले उर्जामन्त्री भएको बेला थुप्रै प्रयासहरु भएकाले त्यसको नतिजा अहिले देखिएको रायमाझीको भनाई रहेको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाटमा निमार्ण भएको ३३\११ केभीको सबस्टेशनको उद्धघाटन गर्दै रायमाझीले २४५ मेगावार्टको नौमुरे जलविद्युत परियोजनालाई उर्जामन्त्रीमा नियुक्त भएपछि डिपीआर बनाएर अगाडी बढने गरी अन्तरक्रिया गरिसकेको रायमाझीले बताउँनुभयो । उहाँले नेपाल सरकारको बजेट अथवा विदेशी लगानीबाट नौमुरे जलविद्युत परियोजना सञ्चालन गर्ने बताउँनुभयो ।

रायमाझीले ओली सरकारले ताजा जनादेशमा जाने गरेको निर्णय अग्रगामी कदम रहेको बताउनुभयो । देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्री ओलीले यो कदम चालेको र यो निर्णय संम्विधान सम्वत रहेको उनको भनाई छ । रायमाझीको भनाई रहेको छ ।

रायमाझीले गृहजिल्ला अर्घाखाँची नेपालकै नमुना जिल्ला बन्ने दाबी गरेका छन । रायमाझीले नेपालमा विकासका थुप्रै काम अँगाडी बढेकाले त्यस्को निरन्तरताका लागी ओली नेतृत्वको सरकार अगाडी बढेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले अर्घाखाँचीमा प्रदेश र संघीय सरकारबाछट धेरै विकास निमार्णका योजना अगाडी बढेको बताए । उनले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा सधै काम गरेको दाबी गरे ।

कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले कुरा भन्दा काम गर्नुपर्ने भन्दै तिनै सरकार एकजुट भएर अगाडी बढनुपर्ने बताए । उनले दुर्गाफाटमा तटबन्दको लागी डिपीआर तयार गरेर धेरै बजेट विनियोजना गर्ने गरी कार्यक्रम अगाडी बढाउँन मन्त्री रायमाझीलाई ध्यानाकर्षण गराए ।