पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल अमेरीका जानुहुदैँ

155

शिवलाल पौडेल
काठमाडौं, ६ साउन । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल अमेरिका जान लाग्नुभएको छ ।

संयुक्त गणराज्य अमेरीकामा रहनुभएका पत्रकारहरुको संस्था नेजाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथिको रुपमा सहभागी हुन उहाँ अमेरीका जान लाग्नुभएको हो ।

अध्यक्ष पोख्रेल त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल मार्फत अहिले बेलुका नेपाली समय अनुसार साढे ८ बजे अमेरीका जान लाग्नुभएको हो ।

अध्यक्ष पोख्रेल अमेरिकामा रहदाँ प्रमुख वक्ताको रुपमा पनि कार्यक्रममा सहभागी हुनुहुनेछ । अध्यक्ष पोख्रेल अमेरीका जान लागेसँगै नेपाली पत्रकार तथा सरोकारवाला निकायले शुभयात्राको कामना व्यक्त गरेका छन् ।