विपि स्मृति दिवसमा नेविसंघद्वारा मणिग्रामचोकमा दिप प्रज्वलन

351

तिलोत्तमा , साउन ०६ ।

महामानव विपि कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सरस्वती संस्कृत विद्यापीठका पुर्व विद्यार्थीहरुले तिलोत्तमा नगरपालिका ०५ मणिग्राम चोकमा दिप प्रज्वलन कार्यक्रम गरेका छन् ।

कार्यक्रममा नेविसंघका नेता टंक पराजुलीले विपिको सिद्धान्तलाई अवलम्बन गर्न नसकेकोले काँग्रेस विचलित भएको बताए । विपिको निति र आदर्शलाई आत्मसात् गर्दै अघि बढेमा उहाँपरि सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेविसंघ नेता आशुतोष चापागाईंको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा संस्कृत विद्यापीठका पुर्वविद्यार्थीहरुको कोरोना महामारीको बड्दो जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधि मुलक उपस्थिती रहेको थियो ।