माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छु : एमाले अध्यक्ष ओली

285

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका छन् ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको र माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनसमेत तयार रहेको बैठकमा बताए ।

‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ बुधबारको बैठकमा ओलीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।