नेकपा एमालेलाई प्रेस चौतारीका प्रदेश संयोजक पन्थीद्वारा पार्टीको बैठकबाट महत्त्वपूर्ण निर्णय लिन आग्रह

413

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ७ साउन । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका संयाेजक शाेभाखर पन्थिले नेकपा एमालेकाेजारी रहेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू लिनका लागि आग्रह गर्नुभएको छ ।

बैठकले अन्य निर्णयका साथै ३ महिने संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियान चलाउनुपर्ने मेरो सुझाव पन्थिकाे रहेकाे छ । त्यस अन्तरगत स्वास्थ्य मापदण्डको ख्याल गर्दै भाद्र १ गते देखि भाद्र ५ गते सम्म देशभरका १ सय जना क्षेमतावान ,जुझारु तथा सक्रिय नेताहरूलाई आबासिय रुपमा राखि केन्द्रीय स्तरमा प्रशिक्षण दिन आग्रह गर्नुभएकाे छ ।

उहाँले प्रशिक्षित नेताहरूलाई केन्द्र द्वारा निर्माण गरिएको पाठ्यक्रम सहित प्रत्येक जिल्लामा १/१ जनाको दरले ७७ वटै जिल्लामा एक साथ भाद्र १० गते जिल्ला कमिटीको बैठक बसाल्ने गरि पठाउने, जिल्ला कमिटीको बैठकले प्रत्येक वडामा २ जनाको दरले पठाउन पुग्ने गरि प्रशिक्षक छनौट गर्न आग्रह गर्नुभएको छ ।

छनौट भएका प्रशिक्षक लाई भाद्र १५ र १६ गते दुईदिन प्रशिक्षण दिने, बीचमा ११-१४ सम्म जनवर्गीय संगठनका बैठक सम्पन्न गर्ने, भाद्र २० गते एकैपटक देशभरका वडा कमिटीका बैठक बसी भाद्र २५ गते देखि असौज २५ गतेसम्म टोलटोलमा गई संगठन निर्माण र शुद्धीकरणको काम गर्ने, २६ गतेदेखि कार्तिक ५ गतेसम्म पार्टी र जनसंगठनका वडा अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

कार्तिक १० गते एकसाथ देशभर पालिका कमिटीको बैठक गरी समिक्षा गर्ने, कार्तिक १५ र १६ गते जिल्लामा समिक्षा बैठक गर्ने, २० र २१ गते प्रदेश स्तरमा समिक्षा बैठक सम्पन्न गर्ने, २५ र २६ गते केन्द्रीय स्तरमा समिक्षा बैठक सम्पन्न गर्ने । कार्तिक ३० गते पुनः केन्द्रीय समितिको बैठक गर्ने, अभियानमा केन्द्रीय पदाधिकारीले देशभर ,प्रदेश पदाधिकारीले प्रदेशभर र जिल्ला अध्यक्षले जिल्लाभरको कामको अनुगमन गर्न सल्लाह दिनुभएको छ ।

त्यस्तै उहाँले अभियानमा पठाउँदा सकभर घरपायकको ठाउँमा नपठाउने, अभियानमा खटीएका नेताकार्यकर्ताहरु सकेसम्म अभियान अबधिभर घर जान नपाउने, अभियानमा खटेका नेता कार्यकर्ताको जिल्ला , प्रदेश र केन्द्रमा रेकर्ड राख्नुपर्ने, यस अबधिमा पर्ने चार्डपर्व जनताको बीचमा मनाउने, अभियान्ताले सकभर होटलमा खाने बस्ने नगरी कार्यकर्ता र जनताको घरमा बस्ने व्यबस्था मिलाउने, अति आबस्यक बाहेक गार्डी प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।