काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा उम्मेद्वारी दिने कनौडियाको घोषणा

345

कपिलवस्तु ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता प्रदेश सभा सदस्य विरेन्द्रकुमार कनौडियाले आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा लुम्बिनी प्रदेश सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले आज सामाजिक सन्जाल फेसबुक मार्फत सभापति पदमा उठ्ने जानकारी गराएका हुन् ।

उनको फेसबुक स्टाटस

आदरणीय दाजुभाई दिदि बहिनी,
सम्पुर्णमा जय नेपाल !
तपाईहरुको साथ, सहयोग र समर्थनबाट पार्टीको आसन्न १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापति पदमा उम्मेदवारी को इच्छा राख्दै सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।
वीरेन्द्र कानोडिया
नेपाली कांग्रेस संसदीय दल नेता
लुम्बिनी प्रदेश ।