पृथ्वी जयन्तीमा बिदा दिने पुरानो निर्णय दोहोर्‍याउन प्रधानमन्त्रीसँग सांसद लिङ्देनको माग

219

काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारसँग पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने निर्णय गर्न समेत आग्रह गरेका छन् । संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा लिङदेनले विगतमा आफैले गरेको निर्णयलाई सम्झिदै पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने निर्णय गर्न आग्रह गरेका हुन् ।

जनताको ठूलो अपेक्षा नभएको बताए । साना सुधारका काम गरे मात्र पुग्ने उनले बताए ।
सांसद लिङ्देले भने, ‘यो सरकारसँग ठूलो आशा गरेका छैनौं । स–साना कुरामा सुधार गरे पुग्छ ।’

चार पटक आफ्नो सरकार बन्दा र अघिल्लो सरकारले के–के कमजोरी गर्‍यो, त्यही नदोहोर्‍याए पुग्ने उनले बताए । तावाबाट उम्किएको माछा भुंग्रोमा नपरोस् भन्ने मात्र जनताले चाहेको उनले सुनाए ।

पार्टीको बैठक बालुवाटारमा नगर्ने निर्णय गरेर सुखद शुरुवात गरेको भन्दै उनले अघि भने, ‘आज पनि धेरै माग्ने कुरा छैन, सुशासन दिनुस्, नराम्रो नभन्नुस् ।’