हाम्रो आदर्श पर्व गुरु पुर्णिमा

207
अनन्तप्रसाद घिमिरे । 

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥ अर्थात् गुरु नै ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् परब्रह्म गुरुलाई नमस्कार छ । अज्ञानरुपि अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने आदरणीय व्यक्तित्वलाई हाम्रो वैदिक शास्त्रले गुरु मानेकाे छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात गुरू देवता समान हुन् भन्ने उच्च मान्यता बाेकेकाे छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने कुरा विभित्र ग्रन्थहरुमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । आजैको दिनलाई वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

लेखक कृष्ण मा.वि.,पाणिनी ५.अर्घाखाँचीका शिक्षक हुन् ।