पाटीलाई असर गर्ने पाेष्ट सामाजिक सञ्जालमा नराख्न कांग्रेस अर्घाखाँचीकाे अाग्रह

346
प्रेमनारायण अाचार्य
सन्धिखर्क १० श्रावण । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक विपि स्मृति भवन सन्धिखर्कमा अाज सम्पन्न भएको छ ।
पाटी सभापति विष्णुप्रसाद खनाल (मुस्कान) काे सभापतित्वमा सम्पन्न बैठकले पाटीलाई असर पर्ने कुराहरू सामाजिक सञ्जालमा पाेष्ट गर्ने कार्य नगर्न तथा नगराउन निर्देशन गर्ने लगायतका निर्णय गरेकोे जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनु भयो ।
भातृ सस्थाहरुकाे विषयमा सामाजिक सञ्जालमा बढी पाेष्ट भएकोले त्यसता कार्य नगर्ने , नगराउने , भातृ सस्थामा देखिएको विवाद समाधानका लागि युवा विद्यार्थी ईन्चार्ज पिताम्बर खनालकाे संयाेजकत्वमा समिति गठन गरि विवाद समाधान गर्ने लगायतका निर्णय गरेको हाे ।