अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण ११ गते सोमवार। सन् २०२१ जुलाई २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष तृतीया तिथि। धनिष्ठा नक्षत्र। शुभ योग। बब करण । कुम्भ राशीमा चन्द्रमा।
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
अनावश्यक यात्राहरु हुनेछन् ।शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । धनक्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
व्यवसायबाट फाइदा हुने दिनछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
आजको दिन मनले चिताएका कार्य पूरा हुनेछन् । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । समग्रमा आजको दिन शुभ रहेको छ
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखापर्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
पढाइमा सफलता मिल्ने दिन रहेको छ ।आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनले चिताएको काम पुरा हुनेछ ।आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन अध्यापनको क्षेत्र भने शुभ नै देखिन्छ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछस्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योगछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।
लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।