अर्घाखाँची, १२ साउन । मंगलबारको दिन हरिशयनी एकादशीको उत्तम दिनलाई सम्झेर आउदै गरेको महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा रहेको मौलिक तीज गीत (गैरी खेत) सार्वजनिक गरेका छन् ।

बन्दना पराजुली भुसालको शब्द,बिष्णु भट्टराईको सङ्गीत र महेन्द्र भण्डारीको एरेञ्ज रहेको मौलिक तीज गीत (गैरी खेत ) भिडियो सार्वजनिक भएको छ। भिडियोलाई बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेको भिडियोमा प्रोडुसर ले नाच्न भनेपछि रोचक ढङ्गले म्युजिक भिडियोमा पहिलो पटक अभिनय गरेका छन् र दर्शकहरुको पनि उत्तिकै माया पाएका छन् साथै भिडियोमा करिश्मा ढकाल बिक्रम घिमिरे (धने) पर्काशराज आचार्य आदिको उपस्तिथि रहेको छ।

भने उक्त भिडियोको छायांकन पत्थरकोट र बुटवलमा भएको थियो। अर्घाखाँची जिल्लाको पाणिनी ४ पटौटी गाबिस २०३९ साल चैत्र १९ गते निम्न परिवार बुबा शिवलाल घिमिरे र आमा तिलिदेवीको कोखबाट जन्मिएका नवराज आफ्नो एस.एल.सि.को अध्यान सकेर छिमेकी मुलुक भारतको होटेलहरुमा सनोठुलो काम गर्दै आएका थिए। उनको गित संगीतमा सानै देखि रुचि भएता पनि निम्न परिवारको हुँदा आफ्नो रोजगारी को सिलसिला मा बिदेशमा बस्दै आएका छन् ।

हाल यु.ए.इ को दुबई मा बस्दै आएका नवराज घिमिरे भन्छ्न भविस्यमा अब म जे गर्दै छु म र मेरो परिवारको लागि भन्दा पनि मेरो दर्शक स्रोता मेरो भगवानको लागि काम गर्दै छु। र भबिस्यमा भगवान,दर्शक स्रोता,र सहयोगि साथिहरु पाए आफ्नो नेपाली धर्म,सस्कृती,परम्परामा अधारित भजन गीत,सङीत,तथा चलचित्रहरू पनि बजारमा ल्याउने,र गरिब,दु:खिको सग्दो सेवा गर्ने,आफ्नो देशमा नभएका सेवाहरु दिन सक्ने उनी बताउछन् ।

अन्त्यमा उनी अहिले बिस्वभर फैलिएको कोरोना भाइरसलाई भगवानको संदेश को रुपमा लिएका छन् आफ्नै घरमा बसौं र आफ्ना आमा,बुबाको सेवा गरौं अर्गानिक खेतीको बिकास गरौं योगा गरौं भौतिक चिन्तनलाई छोडेर आध्यात्मिक चिन्तन गरौं कारुना भाइरस बाट आफू बाचौ र अरुलाइ पनि बचाऔं । भन्दै आफ्नो बिचार राखेका छन्। एवं आउदै गरेको महिलाहरुको महान पर्ब हरितालिका तीजको पनि शुभकामना संदेश दिएका छन् ।

बाकी भिडियो