घनश्याम पाैडेल अर्घाखाँची, १२ साउन ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ५ मैदानकाे भानु माविमा ३५ वर्ष ११ महिना १९ दिन स्थायी सेवा गर्नुभएका शिक्षक लाेकराज घिमिरेलाई विदाई गरिएको छ । प्रावि द्वितीय श्रेणिका शिक्षक घिमिरेले निरन्तर रूपमा भानु माविमा २०४४ साल चैत १ गतेदेखि अध्यापन गराउँनुभएकाे थियाे ।

विदाई समाराेहमा बाेल्दै पाणिनि-५ का वडा अध्यक्ष जिवलाल घिमिरेले सेवानिवृत्त जीवन सामाजिक क्षेत्रमा बिताउँन आग्रह गर्दै विद्यालयमा पुर्याएकाे याेग्दानकाे कदर गर्ने बताउँनुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल भट्टराईकाे अध्यक्षता, विद्यालयका प्रअ डिलाराम घिमिरेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।