छत्रदेव काँग्रेसको सभापतिमा युवानेता प्रकाशचन्द्र भट्टराई उम्मेदार बन्ने

380

हिन्दुखबर संवाददाता
अर्घाखाँची, १२ साउन । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको सभापतिमा नेपाल बिध्यार्थी संघका पुर्वअध्यक्ष एवम् काँग्रेसका युवानेता प्रकाश चन्द्र भट्टराईले उम्मेदवारी दिने भएका छन् ।

द्वन्द्वकालको समयदेखी नै काँग्रेसको भातृ संगठन नेविसंघको राजनितिमा होमिएका नेता भट्टराईले छत्रदेव काँग्रेसको नेतृत्व सम्हाल्ने गरी तयारी सुरु गरेका छन् । पार्टी समायोजनमा उदार देखिएर नेविसंघको अध्यक्ष छाडेका भट्टराई बिगत १४ बर्ष देखि निरन्तर राजनीतिमा सक्रिय छन ।

भट्टराई स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सफल नेतृत्व भुमिका निर्बाह गरेका भट्टरार्इ स्थानीयवासीको मनमा बस्न सफल भएको पाईन्छ । भट्टराई स्थानियतहका भरोसाको केन्द्रको रुपमा मान्दछन । केन्द्र देखि जिल्ला तहमा स्पस्ट बक्ता एव्म सैद्धान्तिक मानिने भट्टराई आम जनतासँग पनि उत्तिकै आसाबादी मानिन्छन । गाउँपालिकामा चाकरीवाद र कसैको ह्विप नचल्ने हुदाँ आफनो जित निश्चित भएको दाबी गर्छन ।

पार्टीका सबै तहका नेतृत्वलाई सँगै मिलाएर लैजान सक्ने तागत राखेका नेताको रुपमा रहेकाले उनी अब्बल मानिन्छन । भट्टराईले हिन्दुखबरसँगको कुराकानीमा पार्टिलाइ एउटा नवीन उर्जा दिन र गुटहरु अन्त्य गर्न आधुनिक एब सिस्ट्ममा पार्टीलाई चलाउन मेरो उम्मेदवारी हो, मेरो उम्मेदवारी प्राकृतिक रहेकाले कसैको प्रतिद्वन्द्वीमा हुदैन । म सबैलाई मिलाएर लैजान सक्छु । आगामी निर्वाचनमा काँग्रेसलाई अब्बल दर्जामा उभ्याउन पनि पालिकाको नेतृत्व लिनुपर्ने बताउँछन् ।