File photo

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गरेकी हुन ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पौडेल र यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रिपरिषद्ले गण्डकको प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ । यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।