लुम्बिनीका तिन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

247

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। जसपा कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्कासन गर्न पत्र पठाउने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताए।

यसअघि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो। बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए। तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।