आजको राशिफल, मिति २०७८/०४/१३ गते बुधबार । तपाईंको दिन शुभ रहोस् ।

393

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण १३ गते बुधवार। सन् २०२१ जुलाई २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष पन्चमी तिथि। पुर्वभाद्र नक्षत्र। पद्म योग। काैलब करण । कुम्भ राशीमा चन्द्रमा।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
आर्थिक लाभ प्राप्त होला। प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
अनावश्यकरुपमा धनक्षय हुनेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
पारिवारिक जमघटमा मिष्ठान्न भोजन प्राप्त हुने छ । स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा इष्टमित्रबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।शत्रु सबल हुनेछन् ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
प्रेमी प्रेमिकासंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
रोकिएका कामहरु पुराहुनेछन् । मनले चिताएका काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
पढाइमा सफलता मिल्ने दिन रहेको छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आकस्मिक धनप्राप्तिको योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफलता प्राप्त होला।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला ।यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तहरु संग झगडा हुनसक्छ । काम विग्रने खालको समयछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।