बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक ९ बजे बस्दै

123

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा उपस्थिती रहने बताईएको छ ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक ९ बजे बस्न लागेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, लगाएतका विषयमा छलफल हुने भएको छ । आजको बैठकमा एमाले माधव पक्ष सहभागी हुने नहुनेबारे धारणा आएको छैन ।