पारिश्रमिक उपलब्ध नगराएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

210
काठमाडौँ ।  नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई व्यवस्थापन पक्षबाट झण्डै ३ वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरू काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत रहेका छन् । पत्रकारहरूको उक्त अनसनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी भई ऐक्यवद्धता जनाउनु भएको छ ।
May be an image of text that says 'नेपाल पत्रकार महास महासंघ Federation ofNepaliJo (FNJ) केन्द्रीय नेपाल मिति: २०७६।०४1१३ प्रेस विज्ञप्ति रिपब्लिक मिडियाद्वारा सत्चालित नागरिक दैनिकमा कार्यरत दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीत्जरहरुलाई व्यवस्थापन भण्डै वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको पारिश्रमिक उपलब्ध गराउन माग गर्दे नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरू काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत पत्रकारहरुको अनसनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सहभागी भई ऐक्यवद्दता जनाउनु भएको प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरुलाई नगराउनु दुःखद् श्रमजीवी पत्रकार महासंघको ऐनअनुसारको अनसनरत पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग गर्दछ अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिन ऐनविपरीत महासचिव'
एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐनविपरीत हुने महासंघको ठहर छ । महासंघ श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गर्दछ । अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी  दिन चाहेको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।।