अर्घाखाँचीमा साउन १६ गते राति १२ बजेदेखी पुर्ण रुपमा लकडाउन

935

घनश्याम पौडेल
अर्घाखाँची, १४ साउन । अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखी निषेधाज्ञा गरिने भएको छ । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन हुने भएको छ ।

जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्नका लागी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्था लगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुने निर्णय भएको छ ।

अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ । जिल्लामा हाल पाँच सय १९ जना संक्रिय संक्रमित रहेका छन् । अर्घाखाँचीमा कोरोनाबाट ७२ जनाको मृत्यु भएको छ ।

No description available.