घनश्याम पौडेल
अर्घाखाँची, १४ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्ग र वडा नं. ७ अडगुरी जोडने पुल निमार्ण सम्पन्न भएको छ । पुल निमार्ण सम्पन्न भएसँगै स्थानिय बासीन्दा खुसी भएका छन् ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पुर्वाधार निर्देशनालय पुर्वाधार विकास कार्यालय अर्घाखाँची मार्फत उक्त पुल बनेको थियो । झञ्ज्याङ्ग–झन्द्रेक–धातिवाङ्ग–नेटापोखरा–देउराली सड्क अन्र्तगत डल्लेरहमा बनेको पुल १ वर्षमा नै सम्पन्न भएको हो ।
पुष्पा निमार्ण सेवा मार्फत आर्थिक वर्ष २०७६/०७७ अन्र्तगत २०७७ साल असार १४ गते सम्झौता भएको पुल निमार्ण कार्य २०७८ सालको असार मसान्तमै सम्पन्न भएको थियो । बहुवर्षे ठेक्का अन्र्तगत पुल निमार्णको लागी २०७८ साल मंसीर २९ गतेसम्मको म्याद राखिएतापनि ठेकेदार कम्पनीले समयअवधि भन्दा ५ महिना पहिला नै पुल बनाएर सम्पन्न गरेको छ । उक्त पुल भ्याट सहित २ करोड ६२ लाख ९६ हजार ९ सय ८९ रुपैँया ८८ पैसामा सम्पन्न भएको हो ।
पुल निमार्णको लागी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेको पहलमा बजेट विनियोजन भएको थियो । प्रदेश सभा सदस्य घिमिरले भने ‘पुल तोकिएको समयअवधि भन्दा नै पहिला सम्पन्न गर्ने निमार्ण व्यवसायीलाई धन्यवाद दिए ।’ पुल निमार्ण सँगै यस क्षेत्रका बासीन्दा बर्खाको समयमा पनि यात्राको निम्ती टेवा पुग्ने बताए । पुलको तत्कालीन भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले सिलन्यास गरेका थिए ।
पुल निमार्ण समयमै सम्पन्न भएपछि स्थानिय बासीन्दा खुसी भएका छन् । पुल निमार्णसँगै धातिवाङ्ग, अडगुरी, मैदानका करिब १ हजार घरधुरीलाई टेवा पुग्ने देखिन्छ । पुल निमार्ण नहुँदा स्थानिय बासीन्दालाई आवातजावातमा समस्या परेको थियो ।