अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण १६ गते शनिवार। सन् २०२१ जुलाई ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष सप्तमी/अष्टमी तिथि। अश्विनी नक्षत्र। साैम्य योग। बालब करण । मेष राशीमा चन्द्रमा।
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
सामान्य स्वास्थ्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । मध्याह्न पछि क्रमशः सबै क्षेत्रमा सुधार हुँदै जाला।आर्थिक लाभ होला।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा आनन्दको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । उपहार प्राप्तहुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा महत्त्वपूर्ण वस्तुको लाभहुने दिन रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।