निर्वाचनको तयारी अर्घाखाँचीमा सुरु, तयारी सुरु गरेको भन्दै नेकपा जिल्ला सचिव विकको खेदजनक आपत्ती प्रकट

510

घनश्याम पौडेल
अर्घाखाँची, २९ पुस । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले निर्वाचनको तयारी सुरू गरेको छ । कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा आयोजित अन्तरक्रियामा स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगाएतको उपस्थित रहेको थियो ।

राजनितिक दलको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जिल्लाका विभिन्न वडामा मतदान गर्नका लागि मतदातालाई घण्टा‌ै पैदल हिड्नुपर्ने समस्या भएकाले पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाउन सुझाव दिनुभयो । उहाँले मालारानि, शितगंगा, सन्धिखर्कका विभिन्न ठाउँमा मतदान केन्द्र हेरफेर गर्नुपर्ने भएकाले गम्भीर भएर अध्ययन गरेर हेरफेर गर्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा नेकपा (प्रचण्ड-माधव नेपाल) पक्षका जिल्ला सचिव ठाकुरकुमार विकले निर्वाचन कार्यालयले गरेको तयारीप्रति गम्भीर आपत्ती जनाउनुभयो । उहाँले निर्वाचन कार्यालयमा उजुरीहुदाँहुदैँ निर्वाचनको तयारी गरेको र पार्टीलाई जानकारी नगराएकोमा गम्भीर आपत्ती तथा घोर प्रकट गर्नुभएको छ ।

नेकपा ओली पक्ष अर्घाखाँचीका नेता जनार्दन खनालले पार्टीभित्र छलफल गरेर मतदान केन्द्र थप गर्नुपर्ने ठाउँमा थप्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, मालारानी गाउँपालिका प्रमुख बालकृष्ण शर्मा, छत्रदेव गाउँपालिका उपप्रमुख तुल्सादेवी श्रेष्ठ, प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी, समाजवादी पार्टीका टोपबहादुर बलाल, परिवार दलका डिल्लीराज भुसाल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा निर्वाचन कार्यालयका रवि अर्याल लगाएतको उपस्थिति रहेको थियो । मतदान केन्द्र टुंगो लगाउने सन्दर्भमा पुनस् छलफल तथा अन्तरक्रिया हुने भएको छ ।