आजको राशिफल, मिति २०७८/०४/१७ गते आइतबार । तपाईंको दिन शुभ रहोस् ।

373

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण १७ गते आइतवार। सन् २०२१ जुलाई ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष सप्तमी/अष्टमी तिथि। अश्विनी नक्षत्र। साैम्य योग। बालब करण । मेष राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन अध्यापनको क्षेत्रमा पछि परिनेछ । नियमित खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ। सामान्य स्वास्थ्य समस्या देखापर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। व्यापारमा घाटा होला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन आर्थिक कारोबारमा घाटा व्यहोर्नुपर्ने देखिन्छ। तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
शरीरमा आलस्यता उत्पन्न हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएला । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
रमाइलो यात्राको योग रहेको छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मानसिक तथा शारिरीक समस्या आउनेछ। मनमा असन्तोष बढनेछ । कामहरु पुराहुने छैनन् । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ। परिवारमा खट्पट हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइमा राम्रो सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
शत्रु पराजित हुनेछन् । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । यात्रा हुनसक्ने दिन रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यवसायमा राम्रो हुने दिन रहेकोछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।