परीक्षा अघि विद्यार्थीलाई खोप र नि:शुल्क PCR परिक्षण गरियोस् : नेविसंघ

220

काठमाडौँ ।  नेपाल विद्यार्थी संघले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप र नि:शुल्क PCR परिक्षण गराउन सरकार संग माग गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुन लागेको भन्दै उनीहरुलाई खोपको ब्यबस्था गर्न,परीक्षा दिनुअघि नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै परिक्षामा सहभागी हुने विद्यार्थी संख्या अत्याधिक भएको र परिक्षा केन्द्र कम हुँदा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।