पाणिनीमा अस्पताल निमार्णका लागी मैदानमा १० रोपनी निःशुल्क जग्गा दान

2514

घनश्याम पौडेल
अर्घाखाँची, १७ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा अस्पताल निर्माणका लागी निःशुल्क जग्गा दान प्राप्त भएको छ ।

पाणिनी गाउँपालिकाले अस्पताल निर्माणका लागी सुचना आव्हान गरेको थियो, सुचना आव्हानमा प्राप्त निवेदनका आधारमा उपयुक्त स्थानको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।

अस्पताल निमार्णका लागी फागुनमा सुचना प्रकाशन गरिएको हो, चैत २४ गते कार्यपालिकाको बैठकबाट अस्पताल बनाउँने निर्णय भएको छ, घिमिरेले भने ‘संघीय सरकारसँग पैसा विनियोजन गर्नका लागी काठमाडौँ गाउँपालिका अध्यक्ष सहित जादैँ छौ।’

अस्पताल निमार्णका लागी १० रोपनी जग्गा प्राप्त भई पाणिनी अस्पतालका नाममा मालपोत कार्यालय मार्फत नामसरी भईसकेको छ । मैदानका स्थानिय विष्णुप्रसाद अधिकारीले दुई रोपनी, कृष्णप्रसाद अधिकारीले तिन रोपनी, सुन्तली अधिकारीले दुई रोपनी र विष्णुप्रसाद अधिकारीले तिन रोपनी गरी दश रोपनी जग्गा प्राप्त भएको पाणिनी–५ का वडा अध्यक्ष जिवलाल घिमिरेले बताए ।

गाउँपालिकाको केन्द्रबाट नजिक र समथर जग्गा भएका कारण उपयुक्त ठाउँ भएको पाणिनीबासी बताउँछन् । प्राप्त जग्गाको नजिक सार्वजनिक जग्गा, नजिकमा बस्ती नभएको, नजिकै खोला भएका कारण पनि अस्पताल राम्रो बन्नेमा स्थानिय तहका जनप्रतिनिधी विश्वस्त छन् ।

अस्पताल निर्माणको लागी स्वतःफुत रुपमा जग्गा प्राप्त भएको हो । अस्पताल निर्माणका लागी जग्गा प्राप्त भएपछि स्थानिय बासीन्दा पनि खुसी छन् । पाणिनी गाउँपालिकामा निर्माण हुने गाउँपालिकाको पहिलो अस्पताल १५ शैयाको निमार्ण हुन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए ।

‘संघको नितिअनुसार निर्माण हुन लागेको अस्पतालमा धेरै सेवा सुविधा हुने र सामान्य उपचारका निम्ती गाउँपालिका भन्दा बाहिर जान नपर्ने गाउँपालिकाको भनाई रहेको छ ।’