त्रिवि व्यवस्थापन संकायबाट सञ्चालित परिक्षा स्थगित भएका छैनन्ः सहायक डिन घिमिरे

303

शिवलाल पौडल
काठमाडौं, १८ साउन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालनमा आएका कुनै पनि परिक्षा रोकिएका छैनन् ।

सामाजिक सञ्जालमा आएका हल्लाहरु निराधर रहेकोले कुनै पनि भ्रममा नपरी परिक्षा दिनुहुनका लागी त्रिभुवन विश्वविद्यायल व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले बताउँनुभयो ।

त्रिवि व्यवस्थापन संकायबाट सञ्चालन भएका परिक्षा नरोकिएकाले कुनै भ्रममा नपर्नुहुन सहायक डिन घिमिरेले आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा सोमबार दिउँसोदेखि परिक्षा स्थगित भएका हल्लाहरु आएका थिए । त्रिवि अन्र्तगत स्नातक तह प्रथम वर्षका परिक्षाहरु सञ्चालन भएका छन् ।