सनातन हिन्दु राष्ट्रका लागि “एकता सङ्कल्प शान्ति परिक्रमा” सम्पन्न ।

531

गिरीराज पुरुष ,
साउन १८ , काठमाडौँ । विश्व ॐकार एकता महाभियानको आयोजनामा आज श्रावण १८ गते काठमाण्डौ स्थित राष्ट्रदेव पशुपति नाथलाई परिक्रमा गर्दै सनातन हिन्दु राष्ट्रका लागि “एकता सङ्कल्प शान्ति परिक्रमा” सम्पन्न भएको छ । देशका विभिन्न ठाउँ बाट विभिन्न धर्म र सम्प्रदायका गुरुहरू, सन्त,महन्त,योगी,संन्यासी लगाएत धार्मिक अभियन्ताहरुको उलेख्य उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

No description available.

 

एकता महाभियानका संयोजक डा. चिन्तामणि योगीले नेपाली मौलिक सनातन धर्म संस्कृति र परम्पराको संरक्षण गर्न सम्पुर्ण नेपालीहरु एक जुट हुनु पर्ने समय आएको बताउनु भएको थियो । नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउनको लागि सम्पुर्ण ॐकार परिवारलाई एकिकृत गर्नको लागि विश्व ॐकार एकता महाभियानले कार्यक्रमहरु सुरु गरेको समेत बताउनु भएको थियो । उक्त कार्यक्रममा संयोजक मंडलका सदस्य योगी पुष्पराज पुष्पराज पुरुषले एकता महाभियानको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

 

No description available.No description available.

उक्त अवधारणा पत्रमा नेपाल राष्ट्रका सबै स्वदेशी आस्था, उपासना पद्धति, एवं स्थानीय संस्कृतिलाई सम्मान गर्दै समस्त ॐकार परिवार बीच एकता कायम गर्ने गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्व-संस्कृतिको रक्षाका लागि धर्मसापेक्ष सनातन हिन्दू राष्ट्रको पहिचान पुनः स्थापित गर्न एकजुट हुने संकल्पका साथ यस क्षेत्रमा कार्यरत धार्मिक संघ संस्था एवं धार्मिक मठ मन्दिर ,सन्त,महन्त,स्वामी,गुरुजन र अभियन्ताहरू एकजुट भई “विश्व ॐकार एकता महाभियान” नामक साझा अभियान सञ्चालन गर्ने अवधारणा प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण धार्मिक व्यक्तिहरुले सनातन हिन्दु राष्ट्र पुन: स्थापना गर्नको लागि संकल्प समेत गर्नु भएको छ ।