आजको राशिफल, मिति २०७८/०४/ १९ गते मङ्गलबार । तपाईंको दिन शुभ रहोस् ।

588

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण १९ गते मङ्गलवार। सन् २०२१ अगस्त ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष दशमी/एकादशी तिथि। रोहिणी नक्षत्र। मातङ्ग योग। बब करण । वृष राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाई लेखाईमा विशेष सफलता प्राप्त होला। व्यापार व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजको मन जित्ने काम गर्ने अवसर प्राप्त हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समयले साथ दिनेछ ।यात्राको पनि सम्भावना देखिन्छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईंका प्रतिष्पर्धिहरु पनि सहयोगी बन्नेछन् । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुराना साथीभाइसगको भेटले मन प्रफुल्लित बन्नेछ।अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आयआर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घर जग्गाको कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । आधुनिक कृषि तथा पशुपालन व्यावसायबाट सफलता प्राप्त गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वादिष्ट भोजन प्राप्ती होला । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ तर आर्थिक कारोवार गर्दा फाइदा नहुन सक्छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाइने छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पति पत्नीबीच सुमधुर सम्बन्ध रहने देखिन्छ । आजको गरिने यात्रा लाभदायक हुनेछ तरपनि बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।