१ वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ ओलीले दिँदा महाकाली घटना भयो : सांसद नेपाली

194

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमला नेपालीले दार्चुलाको ब्यास गाउँपालिकाबाट साउन १४ गते महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् ।

सांसद विकले ३ वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा र काम गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।

सांसद विकले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् ।