तुईन विस्थापन गर्ने हावा गफ अघिल्लो सरकारले दिएका कारण दार्चुलामा घटना भयोः सासंद झाँक्री

564

काठमाडौं, १९ साउन । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अघिल्लो सरकारले तुईन हटाउँने हावा गफ दिएका कारण दार्चुलामा घटना भएको बताईन ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको बताइन् ।

नेतृ झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।