२३ वर्षीय छोराले ५५ वर्षिय आमाको अर्घाखाँचीमा हत्या गरे

329

अर्घाखाँची । अर्घाखाँची जिल्लाकोसन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् ।

बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बुधबार दिउँसो मासु लिन जान्छु’ भनी घरबाट हिँडेका विमलले साँझ मासु नल्याई मदिरा सेवन गरेर आएपछि आमासँग झगडा गरेपछि टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताउनुभयो ।