आजको राशिफल, मिति २०७८/०४/२१ गते बिहिबार । तपाईंको दिन शुभ रहोस् ।

455

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण २१ गते बिहिवार। सन् २०२१ अगस्त ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष द्वादशी तिथि।आर्द्रा नक्षत्र। काण योग। गर करण । मिथुन राशीमा चन्द्रमा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चिठ्ठा पर्ने तथा विशेष मानिसबाट उपहार पाइने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । तपाईंलाई फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुकालागि आजको दिन विशेष फलदायी रहला।प्रेममा सफलता प्राप्त होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिने हुँदा मन प्रसन्न रहनेछ ।स्वास्थ्यमा सामान्य समस्या देखापर्ला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
काम बिगार्नेहरु सक्रिय रहनेछन् । परिश्रको फल अरुले नै लिन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन। भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला। ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् ।व्यावसायमा लगानि गरि नाफा कमाउन केहि समय पर्खनु पर्नेछ

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुने देखिन्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । साथीहरूसगको भेटघाटले मन खुशी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवारमा मनमुटावको अवस्था सिर्जना हुनेछ । तपाईंको मन अस्थिर रहला।अनाबस्यक मुद्दा मामिला आइलाग्नेछन् । स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।