अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण २३ गते शनिवार। सन् २०२१ अगस्त ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण कृष्णपक्ष चतुर्दशी तिथि। पुनर्वसु/ तिष्य नक्षत्र। छत्र योग। भद्रा करण । कर्कट राशीमा चन्द्रमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सन्तानपक्षबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । धन प्राप्तिको योग छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्य राम्रो रहने छ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन प्राप्तिको योग रहेको छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नसोचेको ठाउँमा खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ। सामान्य स्वास्थ्य समस्या देखापर्ला।लगानीतर्फ लागत बढ्नेछ।अध्ययन अध्यापनमा पछि परिनेछ ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।