एसइईकाे नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

222

काठमाडौ, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डले विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएकोलाई प्रमाणीकरण गर्ने निर्णय गरेको एसइईका परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।  त्यसैगरी बोर्ड बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा विषयमा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको हो ।