काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।
काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी भएको काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले बताए । अन्य १२ जना भर्चुअल रूपमा सहभागी रहेको आयोजकले बताएको छ ।
आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । जिल्ला सभापतिहरूले आ आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।