काठमाडौं । सरकारले भूमि आयोग गठन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले गठन आदेशमार्फत् भूमि आयोग गठनको तयारी गरेको हो ।
विराटनगरका केशव निरौलालाई आयोगकाे अध्यक्ष बनाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
निरौला नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघका अध्यक्ष हुन् ।
स्राेतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफूलाई राजदूत वा अन्य पदभन्दा सुकुमबासी समस्या समाधानको जिम्मेवारी दिन आग्रह गरेका थिए ।