आजको राशिफल , मिति २०७८/०४/२७ गते बुधबार । तपाईंको दिन शुभ रहोस् ।

288

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण २७ गते बुधवार। सन् २०२१ अगस्त ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण शुक्लपक्ष तृतीया तिथि। पुर्वफाल्गुणी नक्षत्र। स्थिर योग। तैतिल करण। सिंह राशीमा चन्द्रमा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा रमाउन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैतृक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन्। समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ ।साथिभाई तथा परिवारका सदस्यहरुबाट भावनात्मक सहयोग हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि तथा पशुपालन व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ तर प्रेममा मनमुटाव आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेममा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । कार्यक्षेत्रमा तपाईको उच्च मुल्याङन हुनेछ

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफुल्लित हुनेछ । अध्ययनमा वाधा व्यवधान आइलाग्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिष्पर्धामा तपाईनै अग्र स्थानमा आउनु हुनेछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । नयाँ साथीहरूसगको अविस्मरणीय यात्रा होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन्